ग्लोबल


दुःखी हुँदै नेतान्याहुले भने- रतन टाटा इजरायल र भारत मित्रताका मध्यस्थकर्ता थिए

दुःखी हुँदै नेतान्याहुले भने- रतन टाटा इजरायल र भारत मित्रताका मध्यस्थकर्ता थिए

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु (फाइल फोटो)


नेपालखबर
असोज २७, २०८१ आइतबार ७:५१, काठमाडौँ

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले पनि भारतका ठूला उद्योगपति रतन टाटाको निधनमा शोक व्यक्त गरेका छन्।

उनले ‘एक्स’मार्फत टाटाको निधनप्रति दु:ख व्यक्त गरेका हुन्। 

इजरायली प्रधानमन्त्री नेतान्याहुले लेखेका छन्, ‘मेरो प्रिय मित्र प्रधानमन्त्री नरेन्द्र मोदी- म र इजरायलका धेरै मानिस रतन नवल टाटाको निधनमा शोक व्यक्त गर्छौं।’

नेतान्याहुले अगाडि लेखेका छन्, ‘रतन टाटा भारतका गौरवशाली छोरा र हाम्रा दुई देशबीचको मित्रताका मध्यस्थकर्ता थिए। उनको परिवारलाई मेरो समवेदना।’

उद्योगपति रतन टाटाको ८६ वर्षको उमेरमा गत बुधबार अर्थात् यही अक्टोबर ९ मा निधन भएको थियो।

उनको निधनमा भारतका राष्ट्रपति, प्रधानमन्त्रीलगायत देशका धेरैजना दिग्गजले दुःख व्यक्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad