ग्लोबल


ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो: आज दोहामा अमेरिकासँग कुनै वार्ता छैन

ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो: आज दोहामा अमेरिकासँग कुनै वार्ता छैन

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाई


नेपालखबर
असार १६, २०८३ मंगलबार १०:१३, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीलाई खारेज गर्दै इरानले आज (मंगलबार) दोहामा कुनै वार्ता नभएको बताएको छ। 

बीबीसी फारसी सेवाका अनुसार इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले आउने दिनमा इरानले ‘अमेरिकी पक्षसँग कुनै पनि स्तरमा वार्ता बैठक नगरिने’ बताएका हुन्। 

उनले जोड दिँदै अगाडि भनेका छन्, ‘अमेरिकी प्रतिनिधिहरूको कतार भ्रमण र इरानी प्रतिनिधिमण्डलबिच कुनै सम्बन्ध छैन।’

बीबीसी फारसी सेवाका अनुसार इरानका उपविदेशमन्त्री र प्राविधिक वार्ता टोलीका प्रमुख काजेम घरिबादीले पनि यस हप्ता त्यस्तो कुनै वार्ता नभएको बताएका छन्। 

यसअघि ट्रम्पले इरानकै अनुरोधमा आज दोहामा अमेरिका र इरानी प्रतिनिधिबिच वार्ता हुने दाबी गरेका थिए। 

ह्वाइट हाउसका प्रेस सचिव क्यारोलिन लेभिटले ट्रम्पका प्रतिनिधि स्टिभ विटोफ र जारेड कुसनर वार्तामा सहभागी हुने दाबी गरेकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad