कला


कुनै बेला रतन टाटासँग डेट गरेकी यी अभिनेत्रीले पुरानो तस्बिर सेयर गर्दै लेखिन्: अलबिदा मेरो साथी!

कुनै बेला रतन टाटासँग डेट गरेकी यी अभिनेत्रीले पुरानो तस्बिर सेयर गर्दै लेखिन्: अलबिदा मेरो साथी!

अभिनेत्री सिमी ग्रेवाल र उद्योगपति रतन टाटाको पुरानो तस्बिर


नेपालखबर
असोज २४, २०८१ बिहिबार २१:२०, काठमाडौँ

भारतीय उद्योगपति रतन टाटाको निधन भएको छ। ८६ वर्षको उमेरमा बुधबार राति टाटाको निधन भएको हो। 

दिग्गज उद्योगपति रतन टाटाको निधनले भारतभर शोकको लहर छ। बलिउडदेखि उद्योगसम्म सबैले रतन टाटालाई श्रद्धाञ्जली अर्पण गरिरहेका छन्। 

यसैबीच रतन टाटाकी महिला साथी सिमी ग्रेवालले पनि आफ्नो र उनको तस्बिर सेयर गर्दै सामाजिक सञ्जालमा लेखेकी छन्, ‘अलबिदा मेरो साथी!’

सिमीसँग डेट गर्थे रतन टाटा
भारतीय सञ्चारमाध्यमका अनुसार एक समय रतन टाटा बलिउड अभिनेत्री सिमी ग्रेवालसँग डेट गर्थे। सिमी ग्रेवालले पनि एक पुरानो अन्तर्वार्तामा रतन टाटासँग आफ्नो सम्बन्ध रहेको स्वीकार गरेकी थिइन्। 

उनले भनेकी थिइन्, ‘रतन र मेरो सम्बन्ध निकै पुरानो हो। उहाँ परपेक्सन हुनुहुन्छ। उहाँमा हास्य रस छ, उहाँ विनम्र हुनुहुन्छ र आदर्शवादी सज्जन व्यक्ति हुनुहुन्छ। पैसा उहाँका लागि कहिले प्रेरणा शक्ति बनेन...।’ 

सिमीले रतन टाटासँगको आफ्नो पुरानो तस्बिर सेयर गर्दै लेखेकी छन्, ‘मान्छेहरू तपाईं जानुभयो भन्छन्...तपाईंको बिदाइको पीडा सहन निकै कठिन छ...निकै कठिन...अलबिदा मेरो साथी...!’

हेर्नुहोस् सिमीको पोस्ट-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad