पाकिस्तानले सिन्धु जल सन्धिका विषयमा भारतलाई फेरि कडा चेतावनी दिएको छ।
पाकिस्तानका जलवायु परिवर्तनमन्त्री मुसादिक मलिकले कसैले पाकिस्तानको हिस्साको पानी रोक्न खोजे उसको हात काटिदिने धम्की दिएका हुन्।
यस क्रममा उनले पाकिस्तानको हिस्साको पानी भारतले रोक्न चाहेको आरोप पनि लगाए।
सूचनामन्त्री अत्ताउल्लाह तरारसँगको संयुक्त पत्रकार सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई संकेत गर्दै उनले भने, ‘छिमेकी देशका प्रधानमन्त्रीको हातमा एउटा धारा छ। उनी भन्छन्- पाकिस्तानमा एक थोपा पनि पानी जान दिँदैनौँ। हाम्रो हिस्साको पानी दाबी गर्नेको हात काटिनेछ।’
भिडिओ-
پاکستان پہلے ہی واضح کر چکا ہے کہ اگر کسی نے ہمارے پانی پر ہاتھ ڈالنے کی کوشش کی تو اسے بھرپور جواب دیا جائے گا
ہم دوٹوک اعلان کر چکے ہیں کہ جو ہمارے پانی پر ہاتھ ڈالے گا ہم وہ ہاتھ کاٹ دیں گے
ہم نے پہلے ہوا میں پکڑ کر ٹھوکا ہے اب نیچے سے بھی ٹھوکیں گے ۔ مصدق ملک pic.twitter.com/l4q4XfmpsN— Kippsam Malik (@KeepsamM) June 29, 2026
पत्रकार सम्मेलनमा अत्ताउल्लाह तरारले सिन्धु जलसन्धि अझै पनि कानुनी रूपमा लागु रहेको बताए।
उनले भने, ‘भारतले एकतर्फी रूपमा यसलाई निलम्बन, रद्द वा संशोधन गर्न सक्दैन।’
Shares

प्रतिक्रिया