ग्लोबल


रतन टाटाको निधनपछि नोएल टाटा बने टाटा ट्रस्टको नयाँ अध्यक्ष

रतन टाटाको निधनपछि नोएल टाटा बने टाटा ट्रस्टको नयाँ अध्यक्ष

नोएल टाटा


नेपालखबर
असोज २५, २०८१ शुक्रबार २२:७, काठमाडौँ

नोएल टाटा, टाटा ट्रस्टको नयाँ अध्यक्ष चुनिएका छन्। नोएल टाटा रतन टाटाका सौतेनी भाइ हुन्।

रतन टाटाको बुधबार राति मुम्बईमा निधन भएको हो। त्यसपछि शुक्रबार बसेको सञ्चालक समितिको बैठकले ६७ वर्षीय नोएल टाटालाई सर्वसम्मतिले अध्यक्ष चुनेको हो। 

नोएल टाटाले टाटा सन्सलाई यसअघिदेखि नै नेतृत्व गरिरहेका छन्। रतन टाटापछि नोएल टाटाले अब करिब ३४ लाख करोडको टाटा समूहको नेतृत्व गर्नेछन्।

टाटा ट्रस्टले प्रेस विज्ञप्ति जारी गरी नोएल टाटाको नियुक्तिको औपचारिक घोषणा गरेको छ।

नोएलको नियुक्ति तत्काल लागू हुने विज्ञप्तिमा उल्लेख छ।

नोएल टाटा भोल्टास र टाटा इन्भेस्टमेन्ट कर्पोरेसनका पनि अध्यक्ष हुन्।

नोएल टाटा २०१० देखि २०२१ सम्म टाटा इन्टरनेसनल लिमिटेडको प्रबन्ध निर्देशक थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad