ग्लोबल


पाकिस्तानको आक्रमणबाट अफगानिस्तानमा महिला र बालबालिकासहित २८ सर्वसाधारण मारिए: राष्ट्रसंघ

पाकिस्तानको आक्रमणबाट अफगानिस्तानमा महिला र बालबालिकासहित २८ सर्वसाधारण मारिए: राष्ट्रसंघ

तालिबान सरकारका अनुसार पक्तिया प्रान्तको मन्डोखैल गाउँमा सबैभन्दा बढी हताहत भएको छ।


नेपालखबर
असार १६, २०८३ मंगलबार १०:३२, काठमाडौँ

अफगानिस्तानस्थित संयुक्त राष्ट्रसंघीय मिसन (यूएनएएमए) ले आइतबार पाकिस्तानले सीमासँज जोडिएका अफगानका प्रान्तहरूमा हमला गर्दा २८ सर्वसाधारण मारिएको बताएको छ। 

यूएनएएमएका अनुसार पाकिस्तानको आक्रमणमा ४९ जना घाइते पनि भएका छन्। मृतक र घाइतेमा महिला र बालबालिका पनि छन्।

अफगानिस्तानको तालिबान सरकारले पाकिस्तानले सर्वसाधारणका घरलाई निसाना बनाएको भन्दै "कायरतापूर्ण कार्य" र "अत्याचार" भनी टिप्पणी गरेको छ। 

पाकिस्तानले भने अफगानिस्तानका पक्तिया, पक्तिका र कुनार प्रान्तमा रहेका आतंककारी लुकेका ठाउँलाई लक्ष्य गरिएको दाबी गरेको छ।

दुई छिमेकी देशले एक हप्ताको झडपपछि गत वर्ष अक्टोबरमा युद्धविराम गरे पनि यो भंग भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad