ग्लोबल


बंगलादेशमा दुर्गा पूजामा गडबडी गर्ने १७ जना गिरफ्तार

बंगलादेशमा दुर्गा पूजामा गडबडी गर्ने १७ जना गिरफ्तार

बंगलादेशको दुर्गा पूजामा विभिन्न किसिमका गडबडीका घटना सार्वजनिक भएपछि प्रहरीले कारबाही गरेको हो।


नेपालखबर
असोज २६, २०८१ शनिबार १३:५, काठमाडौँ

बंगलादेशको राजधानी ढाकाको प्रहरीले यस महिना चलिरहेको दुर्गा पूजा समारोहसँग सम्बन्धित करिब ३५ घटनापछि १७ जनालाई पक्राउ गरेको जनाएको छ। 

समाचार एजेन्सी पीटीआईका अनुसार प्रहरीले यी घटनाहरूसँग सम्बन्धित एक दर्जनभन्दा बढी मुद्दा दर्ता गरेको छ। ढाका प्रहरीको यो कारबाही जोगेश्वरी मन्दिरमा चोरीको घटना भएको एक दिनपछि भएको हो।

बंगलादेशी समाचार संस्था ढाका ट्रिब्युनका अनुसार प्रहरी महानिरीक्षक (आईजीपी) मोहम्मद मोइनुल इस्लामले भने- अक्टोबर १ देखि दुर्गा पूजाको सन्दर्भमा ३५ वटा अप्रिय घटना रिपोर्ट गरिएको छ।

कूल ११ मुद्दा दर्ता र २४ उजुरीपछि १७ जना पक्राउ परेका छन्।

बंगलादेशको सतखीरा जिल्लामा रहेको जोगेश्वरी मन्दिरमा शुक्रबार चोरीको घटना भएको छ।

यस घटनामा प्रधानमन्त्री नरेन्द्र मोदीले मन्दिरमा चढाएको मुकुट पनि चोरी भएको थियो।

भारतीय उच्चायोगले यस घटनाप्रति आपत्ति जनाउँदै दोषीलाई छिट्टै कडा कारबाही गर्न बंगलादेश सरकारसँग माग गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad