समाज


आजदेखि पूरै नेपालबाट बाहिरियो मनसुन

आजदेखि पूरै नेपालबाट बाहिरियो मनसुन

फाइल तस्बिर: काठमाडौँ


नेपालखबर
असोज २६, २०८१ शनिबार १४:४१, काठमाडौँ

आजदेखि मनसुन पूरै नेपालबाट बाहिरिएको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (असोज २६ गते) देशका बाँकी स्थानबाट पनि मनसुन बाहिरिएको हो। 

महाशाखाले जारी गरेको विशेष बुलेटिनअनुसार आज बागमती प्रदेश, मधेस प्रदेश र कोसी प्रदेशको पूरै क्षेत्रबाट मनसुन बाहिरिएको हो। योसँगै मनसुन देशैभरबाट बाहिरिएको छ। 

यसअघि बागमतीदेखि पश्चिमका सबै प्रदेशबाट मनसुन बाहिरिएको थियो। 

महाशाखाका मौसमविद् राजु प्रधानांगले भने, ‘आजदेखि पूरै देशबाट मनसुन बाहिरिएको छ र मनसुन सिजन सकिएर पोस्ट मनसुन सुरु भएको छ।’

उनका अनुसार अब पानी पर्न कम हुनेछ। ‘पोस्ट मनसुनमा खासै पानी पर्दैन, हल्काफुल्का कहिलेकाहीँ वर्षा हुन्छ, गर्मी पनि हुँदैन, धेरै जाडो पनि हुँदैन, मौसम सुक्खा खालको हुन्छ’, उनले भने। 

पोस्ट मनसुनको अवधि नोभेम्बरसम्म रहने र डिसेम्बरदेखि विन्टर अर्थात् हिउँदयाम सुरु हुने मौसमविद् प्रधानांगले बताए। 

हेर्नुहोस् विशेष बुलेटिन-

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad