ad ad

ग्लोबल


सामूहिक हत्या मुद्दा चलाउन शेख हसिनालाई स्वदेश फर्काउने तयारी

सामूहिक हत्या मुद्दा चलाउन शेख हसिनालाई स्वदेश फर्काउने तयारी

फाइल तस्बिर : शेख हसिना


नेपालखबर
भदौ २५, २०८१ मंगलबार १०:२३, काठमाडौँ

बंगलादेशको अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरणले भारतमा रहेकी अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई स्वदेश फर्काउन कदम चालिने बताएको छ। 

विद्यार्थी आन्दोलन चर्किएपछि तत्कालीन प्रधानमन्त्री हसिना गत अगस्ट ५ का दिन भागेर भारत गएकी हुन्। हाल उनी भारतमै छिन्। 

बंगलादेशको अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरणका प्रमुख अभियोजक मोहम्मद ताजुलले भारतसँगको सुपुर्दगी सन्धिअनुसार हसिनालाई फिर्ता ल्याउन आवश्यक कदम चालिने बताएका हुन्।  

भारतीय सञ्चारमाध्यमका अनुसार सामूहिक हत्याको आरोपमा मुद्दा अघि बढाउन हसिनालाई स्वदेश फर्काउन लागिएको हो। 

अन्तरिम सरकारका स्वास्थ्य सल्लाहकार नुरजहाँ बेगमका अनुसार हसिना नेतृत्वको सरकारविरुद्धको आन्दोलनका क्रममा एक हजारभन्दा बढीको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन्।

ढाकाको न्यायाधिकरण परिसरमा पत्रकार सम्मेलनमा प्रमुख अभियोजक ताजुलले भने, ‘जब अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरणले आफ्नो काम पुनः सुरु गर्छ, हामी शेख हसिनालगायत सबै फरार अभियुक्तहरूविरुद्ध सामूहिक हत्या र मानवता विरुद्धको अपराधमा पक्राउ पुर्जी जारी गर्न आवेदन दिनेछौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .