ad ad

कला


मोफसलका दर्शक भेट्ने दौडमा ‘रावायण’ टिम

मोफसलका दर्शक भेट्ने दौडमा ‘रावायण’ टिम

नेपालखबर
भदौ २५, २०८१ मंगलबार १०:३४, काठमाडौँ

गत शुक्रबारबाट प्रदर्शनमा भएको फिल्म ‘रावायण’ टिम आजबाट देश दौडाहामा निस्किएको छ। 

फिल्म रिलिजपछि रामायण टिमले काठमाडौँ उपत्यकाका विभिन्न हल पुगेर दर्शकसँग प्रतिक्रिया लिएको थियो। मंगलबारबाट भने फिल्मटिम दर्शकको प्रतिक्रिया लिन मोफसलतर्फ लागेको हो। 

फिल्मका मुख्य कलाकार पल शाह, पुजा शर्मा, प्रकाश शाहलगायतको टिमले आज नेपालगञ्जबाट मोफसलका दर्शकको प्रतिक्रिया लिने काम सुरु गर्नेछ। 

निर्माण टिमका अनुसार फिल्मको टिमले नेपालगन्जमा रहेको दुई सिनेमाघरमा दर्शकसँगै बसेर फिल्म हेर्दै दर्शकसँग अन्तरक्रिया गर्ने कार्यक्रम छ। 

फिल्मको टिमले नेपालगञ्जपछि बुधबार दाङ र बिहीबार धनगढीमा दर्शकको प्रतिक्रिया लिनेछ।

केन्द्रिय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) बाट सुरुमा ‘एडल्ट’ सर्टिफिकेट पाएको फिल्मले पुनः सेन्सर गरेपछि पीजि सर्टिफिकेट पाएको थियो। 

सुदर्शन थापा प्रोडक्शन र पुजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा निर्माण भएको फिल्मकी निर्माता पुजा शर्मा हुन्। सुदर्शन थापा निर्देशित सुशन पाठक कार्यकारी निर्माता छन्।
 
यस फिल्ममा पल र पुजासहित प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदिप ढकाल, अनिल कुर्मी, रजिता पराजुली, निमा पाण्डे, विशाल पहारी, सुशान्तकुमार श्रेष्ठ, योगेश भण्डारी, प्रेरणा गिरी र सुहान श्रेष्ठको अभिनय छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .