ad ad

ग्लोबल


मणिपुरमा राज्यपालको घरमा ढुंगामुढा, २० जना घाइते, भागे सुरक्षाकर्मी

मणिपुरमा राज्यपालको घरमा ढुंगामुढा, २० जना घाइते, भागे सुरक्षाकर्मी

नेपालखबर
भदौ २४, २०८१ सोमबार १९:५, काठमाडौँ

भारतीय प्रान्त मणिपुरमा राज्यपाल र डीजीपीको राजीनामा माग गर्दै विद्यार्थीहरूले गरेको प्रदर्शन सोमबार हिंसात्मक बनेको छ।

सयौं विद्यार्थीले राजभवनको मुख्य ढोकामा ढुंगा प्रहार गरेका छन्।

यस क्रममा त्यहाँ उपस्थित सुरक्षाकर्मी आफ्नो ज्यान बचाउन त्यहाँबाट भागेको देखियो। घटनामा २० जना घाइते भएका छन्।

राज्यमा बढ्दो हिंसात्मक घटना र बिग्रँदै गएको कानुन व्यवस्थाविरुद्ध सेप्टेम्बर ८ देखि विद्यार्थी सडकमा उत्रिएका छन्।

आइतबार किशम्पाटको तिड्डीम रोडमा ३ किलोमिटर पदयात्रा गरेर आन्दोलनकारी राजभवन र सीएम हाउस पुगेका थिए।

प्रहरी र सुरक्षाकर्मीले ब्यारिकेड लगाएर रोकेका थिए। केही राउन्ड अश्रुग्यास समेत प्रहार गरिएको थियो। आन्दोलनकारी सडकमै बसेर नाराबाजी गर्न थाले। 

राज्यपालका साथै प्रदर्शनकारीहरूले डीजीपी, सुरक्षा सल्लाहकार र ५० विधायकको राजीनामाको माग गरिरहेका छन्।

मणिपुरमा मे २०२३ देखि कुकी र मेइती समुदायबीच हिंसा जारी छ। पछिल्लो ७ दिनमा हिंसा बढेको छ। जसमा ८ जनाको मृत्यु भएको छ। १५ भन्दा बढी घाइते भएका छन्। पछिल्लो समय मणिपुरमा पनि ड्रोन आक्रमण भएको छ। जसमा दुई जनाको मृत्यु भएको छ। दैनिक भास्कर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .