ad ad

ग्लोबल


कोलकाता बलात्कार-हत्या प्रकरणः मृतककी बुवा र अस्पतालबीचको कुराकानी अडिओ भाइरल

कोलकाता बलात्कार-हत्या प्रकरणः मृतककी बुवा र अस्पतालबीचको कुराकानी अडिओ भाइरल

नेपालखबर
भदौ १४, २०८१ शुक्रबार १०:२९, काठमाडौँ

भारतस्थित कोलकाताको आरजी कर मेडिकल कलेजका अधिकारी र बलात्कारपछि हत्या गरिएकी डाक्टरका बुवाबीच भएको फोन कुराकानीको अडिओ रेकर्डिङ सार्वजनिक भएपछि उक्त प्रकरणमा विवाद बढेको छ।

उक्त रेकर्डिङ बिहीबार सामाजिक सञ्जालमा भाइरल भएपछि अस्पताल प्रशासनले ‘गलत सूचना’ मात्र नभई आफ्नो मनोवृत्ति पनि ‘असंवेदनशील’ देखिएको आरोप लागेको छ। 

तीन अडिओ क्लिपमध्ये पहिलो ७१ सेकेन्ड, दोस्रो ४६ सेकेन्ड र तेस्रो २८ सेकेन्डका छन्। सामाजिक सञ्जालका साथै धेरै निजी न्युज च्यानलले पनि अडिओ सार्वजनिक गरेका छन्। 

उक्त अडिओमा आफूलाई अस्पतालकी सहायक सुपरिटेन्डेन्ट भनिने एक महिलाले पीडितका बुबालाई फोन गरेकी छन्। 

कोलकाता प्रहरीका केन्द्रीय डिभिजन डेपुटी कमिश्नर इन्दिरा मुखर्जीले उक्त अडिओले महिला डाक्टरको मृत्यु आत्महत्याले नभएको प्रमाणित गरेको बताएकी छन्। 

पीडित परिवारले भदौ ९ गते बिहान अस्पतालबाट तीन पटक फोन आएपछि त्यहाँ पुगेको बताएका छन् ।

यसैबीच बिहीबार परिवारका सदस्यले शरीर ढाक्ने चादरको रङबारे शंका व्यक्त गरेका छन्। 

मुखर्जीले बिहीबार सञ्चारमाध्यमसँग भनिन्,  ‘केही भिडियो क्लिप सामाजिक सञ्जालमा भाइरल भएका छन् र केही टेलिभिजन च्यानलमा शव ढाक्ने चादरको रङबारे बहस भइरहेको छ। भनिएको छ कि पहिले चादरको रङ नीलो थियो तर पछि रङ फरक थियो।’

यस विषयमा सबै प्रमाण सीबीआईलाई सुम्पिएको उनले बताएकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .