ad ad

कला


बंगाली अभिनेत्री मिमी चक्रवर्तीलाई बलात्कारको धम्की

बंगाली अभिनेत्री मिमी चक्रवर्तीलाई बलात्कारको धम्की

अभिनेत्री मिमी चक्रवर्ती


नेपालखबर
भदौ ५, २०८१ बुधबार १५:२०, काठमाडौँ

आफूलाई अनलाइनबाट बलात्कारको धम्की आएको दाबी गरेकी छन्।

भारतीय राजनीतिक दल तृणमूल कांग्रेस (टीएमसी) की पूर्वसांसद तथा बंगाली अभिनेत्री मिमी चक्रवर्तीले आफूलाई अनलाइनबाट बलात्कारको धम्की आएको दाबी गरेकी छन्।

उनले आफूलाई यसरी बलात्कारको धम्की आउनुपछाडि कोलकाता प्रकरणमा डाक्टरहरूले गरिरहेको आन्दोलनलाई आफूले समर्थन गर्नु कारण रहेको बताएकी छन्। 

मिमी चक्रवर्तीले आफ्नो आधिकारिक एक्स खातामा प्राप्त धम्कीको स्क्रिनसट सार्वजनिक गरेकी छन्। 

पछिल्लो समय यस्ता धेरै धम्कीपूर्ण कमेन्ट आइरहेको उनको भनाइ छ। उनले आफ्नो पोस्ट कोलकाता पुलिसको साइबर क्राइम डिभिजनलाई ट्याग गरेकी छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .