हङकङमा यस वर्ष थप ३ देखि ५ वटा टाइफुन आउन सक्ने

हङकङमा यस वर्ष थप ३ देखि ५ वटा टाइफुन आउन सक्ने

गतवर्ष सुपर टाइफुन साओलाको बेला चिमसा चोइमा मानिसहरू, जतिबेला टाइफुन नम्बर ८ संकेत जारी भएको थियो (एससीएमपी)


नेपालखबर
भदौ १४, २०८१ शुक्रबार १०:३६, हङकङ

हङकङमा यस वर्षको बाँकी अवधिमा थप तीनदेखि पाँच वटासम्म टाइफुन आउन सक्ने अब्जर्भेटरीले जनाएको छ।

अब्जर्भेटरीले आफ्नो वेबसाइटमा उल्लेख गरेअनुसार यस वर्षको सात महिनाको अवधिमा उत्तर पश्चिम प्रशान्त र दक्षिण चीन सागमार पाँच वटा टाइफुन बने। तीमध्ये दुई वटाले हङकङलाई असर गरे।

अबका बाँकी चार महिनामा तीनदेखि पाँच वटा चक्रवात हङकङको ५ सय किलोमिटर क्षेत्रभित्र प्रवेश गर्न सक्ने अनुमान अब्जर्भेटरीको छ।

यसैगरी, आज हङकङको तापक्रम सामान्यतया तातो रहनेछ भने केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा हुनेछ। त्यस्तै, रातको समयमा बदली र हल्का हावा समेत चल्नेछ।

दिउँसो १२:४० मा सहरको तापक्रम ३३.२ डिग्री सेल्सियस रहेको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .