ad ad

ग्लोबल


कोलकाता बलात्कार-हत्या प्रकरणः भारत सरकारले सबै सामाजिक सञ्जाललाई दियो यस्तो निर्देशन

कोलकाता बलात्कार-हत्या प्रकरणः भारत सरकारले सबै सामाजिक सञ्जाललाई दियो यस्तो निर्देशन

नेपालखबर
भदौ ५, २०८१ बुधबार २०:०, काठमाडौँ

भारत सरकारले कोलकाताको आरजी कर मेडिकल कलेजमा बलात्कार गरी हत्या गरिएकी प्रशिक्षार्थी डाक्टरको नाम र तस्बिर प्रचार प्रकरणमा सर्वोच्च अदालतको निर्णयलाई पालना गर्न देशमा चलिरहेका सोसल मिडिया प्लेटफर्मलाई निर्देशन दिएको छ। 

भारत सरकारको इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयले सर्वोच्च अदालतले किन्नौरी घोषविरुद्ध युनियन अफ इन्डियालगायतका मुद्दामा दिएको फैसलाप्रति ध्यानाकर्षण गराएको छ।

सर्वोच्च अदालतले बलात्कार गरी मारिएकी डाक्टरको नामका सबै सन्दर्भ र उनको पहिचान खुल्ने कुनै पनि फोटो तथा भिडिओ सबै सामाजिक सञ्जाल प्लेटफर्म र इलेक्ट्रोनिक मिडियाबाट तत्काल हटाउन आदेश दिएको छ। 

सबै सामाजिक सञ्जाल प्लेटफर्महरूले सर्वोच्च अदालतको यो आदेशको पालना गर्न आफूले के गरेको छ भनी इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्रालयलाई [email protected] मा मेल गरेर जानकारी दिन भारत सरकारले निर्देशन दिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .