ग्लोबल


सैनिक, प्रहरी र सीमा क्षेत्रका बासिन्दालाई डेटिङ एप नचलाउन रुसको आह्वान

सैनिक, प्रहरी र सीमा क्षेत्रका बासिन्दालाई डेटिङ एप नचलाउन रुसको आह्वान

नेपालखबर
भदौ ५, २०८१ बुधबार १७:११,

रुसी अधिकारीहरूले सीमा क्षेत्रका बासिन्दालाई डेटिङ एप नचलाउन र सामाजिक सञ्जाल कम प्रयोग गर्न आह्वान गरेका छन्। युक्रेनी सेनाले तिनको माध्यमबाट गुप्तचर सूचना संकलन गरेको रुसी अधिकारीहरूको भनाइ छ।

रुसी गृहमन्त्रीले मंगलबार एक अपिल जारी गर्दै ब्रियान्स्क, कुर्स्क र बेल्गोरोदका बासिन्दालाई यस्तो आग्रह गरेको हो।

त्यस्तै सो क्षेत्रमा खटिएका सैनिक र प्रहरीलाई पनि अनलाइन डेटिङ सेवा प्रयोग नगर्न तथा संवेदनशील स्थानको भिडिओ स्ट्रिम नगर्न आह्वान गरिएको छ।

‘शत्रुहरूले त्यस्ता स्रोत प्रयोग गरेर सूचना संकलन गर्छन्,’ सो मन्त्रालयले भनेको छ।

कुर्स्क क्षेत्रमा युक्रेनी सेनाको आक्रमण जारी रहँदा गृह मन्त्रालयले मानिसहरूलाई विभिन्न सुझाव दिएको छ। जसमा मेसेजमा आएका लिंक नखोल्न, सैन्य वाहन रहेको सडकबाट भिडिओ पोस्ट नगर्न भनिएको छ।

सेना र प्रहरीलाई सामाजिक सञ्जालमा स्थान नखुलाउन पनि निर्देशन दिइएको छ। 

अचानक युक्रेनी सेना कुर्स्क क्षेत्रमा घुसेपछि रुस तिनलाई लखेट्न संघर्ष गरिरहेको छ। सीमाबाट आफूहरू ३५ किमि भित्रसम्म पुगेको र ९३ वटा बस्ती कब्जा गरेको युक्रेनी सेनाको दाबी छ। 

कुर्स्कका करिब सवा लाख बासिन्दालाई स्थानान्तरण गरिएको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad