ad ad

कारोबार


सरकारले बनायो डेटा सुरक्षाको मापदण्ड, आईटी र नलेज पार्क निर्माण धमाधम

सरकारले बनायो डेटा सुरक्षाको मापदण्ड, आईटी र नलेज पार्क निर्माण धमाधम

नेपालखबर
भदौ ५, २०८१ बुधबार १७:१८, काठमाडौँ

सरकारले डेटा सुरक्षासम्बन्धी मापदण्ड तयार पारेको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले सो कुरा बताएकी हुन्। 

नेपाल उद्योग परिसंघले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आईटी पार्क, नलेज पार्क निर्माणको काम पनि मन्त्रालयले सुरु गरेको बताइन्। 

आर्टिफिसियल इन्टेलिजेन्ससम्बन्धी अवधारणापत्र स्वीकृत गरेर मन्त्रालयले त्यसको नीति बनाउने काम पनि सुरु गरेको सचिव अर्यालको भनाइ थियो। 

सञ्चार क्षेत्रलगायतका लागि आवश्यक नीति निर्माणको काममा सरकार लागिपरेकाले त्यसमा सहयोग गर्न पनि सम्बन्धित सबै पक्षसँग उनले अपिल गरिन्। 

सचिव अर्यालले सरकारले सूचना प्रविधिमा सबैको पहुँच पुर्‍याउने काम गरेको उल्लेख गर्दै त्यसको अधिकतम उपयोग गर्न पनि निजी क्षेत्रलाई आग्रह गरिन्। न्युज एजेन्सी नेपालबाट

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .