ad ad

ग्लोबल


इजरायलविरुद्ध इरानको धम्कीबीच अमेरिकासहित ५ देशले जारी गरे यस्तो संयुक्त वक्तव्य

इजरायलविरुद्ध इरानको धम्कीबीच अमेरिकासहित ५ देशले जारी गरे यस्तो संयुक्त वक्तव्य

नेपालखबर
साउन २९, २०८१ मंगलबार १०:८, काठमाडौँ

मध्यपूर्वको अवस्थाबारे अमेरिका, बेलायत, फ्रान्स, जर्मनी र इटालीले संयुक्त वक्तव्य जारी गरेका छन्।

उनीहरूले उक्त क्षेत्रको तनाव कम गर्न र गाजामा युद्धविराम र बन्धकहरूको रिहाइका लागि सम्झौतामा पुग्ने कुरामा आफूहरूको पूर्ण समर्थन रहेको उल्लेख गरेका छन्।

‘हामी चाँडोभन्दा चाँडो सम्झौतामा पुग्ने उद्देश्यका साथ यस हप्ताको अन्त्यमा फेरि वार्ता सुरु गर्न राष्ट्रपति बाइडेन, इजिप्टका राष्ट्रपति अब्दुल फताह अल-सिसी र कतारका अमिर तमिमले गरेको संयुक्त आह्वानलाई समर्थन गर्दछौँ’, संयुक्त विज्ञप्तिमा भनिएको छ।

अगाडि भनिएको छ, ‘सबै पक्षले आआफ्ना जिम्मेवारी पूरा गर्नैपर्छ। साथै गाजामा बिना कुनै बाधा सहायता सामग्री पुग्न आवश्यक छ।’

पाँच देशले इरानी आक्रमण र यसले समर्थन गर्ने चरमपन्थी संगठनविरुद्ध इजरायलको रक्षाका लागि समर्थन व्यक्त गरेका छन्।

उनीहरूले इरानबाट इजरायलविरुद्ध सैन्य आक्रमणको निरन्तर धम्की रोक्न पनि आह्वान गरेका छन्। 

साथै वक्तव्यमा यस्ता आक्रमणबाट क्षेत्रीय सुरक्षामा पर्ने गम्भीर असरबारे पनि चर्चा गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .