ad ad

ग्लोबल


इजरायल–इरान तनावमा अमेरिकाको नजर, मध्यपूर्वमा पठायो मिसाइलयुक्त पनडुब्बी

इजरायल–इरान तनावमा अमेरिकाको नजर, मध्यपूर्वमा पठायो मिसाइलयुक्त पनडुब्बी

अमेरिकाको विमान वाहक यूएसएस अब्राहम लिंकन पनि छिट्टै त्यस क्षेत्रमा पुग्ने (फाइल फोटो)


नेपालखबर
साउन २८, २०८१ सोमबार २१:३६, काठमाडौँ

इजरायल र इरानबीच बढ्दो तनावका बीच अमेरिकाले मध्यपूर्वमा गाइडेड मिसाइल पनडुब्बी पठाएको छ।

बीबीसीका अनुसार अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले विमानवाहक यूएसएस अब्राहम लिंकनलाई पनि चाँडै त्यस क्षेत्रमा पुग्न भनेका छन्।

यूएसएस अब्राहम लिंकन लडाकु विमान एफ–३५ ले सुसज्जित छ। 

वास्तवमा हमास र हिजबुल्लाहका केही ठूला नेता मारिएपछि इजरायल र इरानबीच तनाव बढेको छ ।

इरानले हमास नेता इस्माइल हानियाको हत्याको बदला लिने घोषणा गरेको थियो।

हिजबुल्लाहले केही इजरायली सैन्य लक्ष्यहरूलाई निशाना बनाउन सक्ने बताइएको छ।

हानियाको मृत्युपछि बढेको तनावलाई मध्यनजर गर्दै अमेरिकाले मध्यपूर्वमा पनडुब्बी पठाउने निर्णय गरेको हो।

अमेरिका यस्ता कुनै पनि आक्रमणबाट इजरायललाई बचाउन चाहन्छ।

अमेरिकी रक्षामन्त्री अस्टिनले आफ्नो देशले आफ्ना सहयोगीहरूलाई जोगाउन हरसम्भव कदम चाल्ने बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .