ad ad

ग्लोबल


प्रदर्शनकारीले घेर्न थालेपछि बंगलादेशका प्रधानन्यायाधीशको राजीनामा

प्रदर्शनकारीले घेर्न थालेपछि बंगलादेशका प्रधानन्यायाधीशको राजीनामा

नेपालखबर
साउन २६, २०८१ शनिबार १५:४३, काठमाडौँ

आन्दोलनकारी विद्यार्थीले प्रदर्शन गर्दै सर्वोच्च अदालत परिसर घेर्न थालेपछि बंगलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले राजीनामा दिएका छन्। 

विभेद विरोधी विद्यार्थीले शनिबार बिहान साढे १० बजेदेखि अदालत परिसरमा प्रदर्शन थालेपछि प्रधानन्यायाधीले पद छाड्ने योजना बनाएको र दिउँसो राष्ट्रपति समक्ष राजीनामा दिएको बंगलादेशी अखबार ‘ढाका ट्रिब्युन’ले जनाएको छ। 

विद्यार्थीले सर्वोच्चका प्रधानन्यायाधीश र पुनरावेदन अदालतका न्यायाधीशहरूको पनि राजीनामा माग गर्दै प्रदर्शन थालेका थिए। विद्यार्थीको प्रदर्शन बढ्दै गएपछि प्रधानन्यायाधीशसहित पुनरावेदन अदालतका अन्य ५ न्यायाधीशले पनि राजीनामा दिएको बताइएको छ। 

त्यसअघि प्रधानन्यायाधीश ओबेदुलले अदालको फुलकोर्ट बैठक बोलाएका थिए। त्यसलाई न्यायापालिकामा सत्तापलटका रुपमा हेर्दै विद्यार्थीले प्रदर्शन थालेका थिए। आरक्षणको विरोधमा सुरू भएको विद्यार्थी आन्दोलन चर्किदै गएपछि प्रधानमन्त्री देश छोडेर भागेकी थिइन्।

हसिनाको सत्ता ढलेसँगै नोबेल पुरस्कार बिजेता मुहम्मद युनुस अन्तरिम सरकारका प्रमुख बनेका छन्।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .