ad ad

कोशी


आन्दोलनले बन्द फूलबारी–बंगलाबन्धु नाका सञ्चालनमा

आन्दोलनले बन्द फूलबारी–बंगलाबन्धु नाका सञ्चालनमा

नेपालखबर
साउन २६, २०८१ शनिबार १६:९, भद्रपुर (झापा)

नेपाल, भारत र भुटानको त्रिदेशीय व्यापारीक नाका फूलबारी–बंगलाबन्धु नाका खुलेको छ। नाका खुलाभएसँगै बंगलादेशसँगको आयात निर्यात सहज भएको छ।  

पूर्वी नाका काँकरभिट्टामा रोकिएका मोलासिसका कन्टेनर बंगलादेशतर्फ  र बंगलादेशको नाकामा रोकिएका कन्टेनर नेपालतर्फ आएका नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काकरभिट्टाका प्रमुख सुवास पाण्डेयले जानकारी दिए।  

उनले भने, बंगलादेशमा अन्तरिम सरकार गठन भएसँगै यही साउन २३ गतेदेखि बंगलादेशसँगको आयात निर्यातमा सहज हुन थालेको छ।’ 
    

कार्यालयका अनुसार गत आव २०८०/८१ मा  ४६ करोड ३१ लाख ८९ हजार रुपैयाँको सामग्री बंगलादेश निर्यात हुँदा ३ अर्ब ८३ करोड ६८ लाख २२ हजार रुपैयाँ बराबरको सामग्री आयात भएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .