ad ad

ग्लोबल


आफ्ना कारण हाथरसमा १२१ भक्तजनको मृत्युमा ‘भोले बाबा’को टिप्पणी: एक दिन सबैले जानैपर्छ!

आफ्ना कारण हाथरसमा १२१ भक्तजनको मृत्युमा ‘भोले बाबा’को टिप्पणी: एक दिन सबैले जानैपर्छ!

रासस /एएफपी
साउन ३, २०८१ बिहिबार १३:५८, नयाँ दिल्ली

भारतमा आयोजित एक धार्मिक भेलामा भएको घातक भागदौडमा एक सय २० भन्दा बढी मानिसहरुको ज्यान गएको घटनाको समीक्षा गर्दै एक भारतीय प्रवचकले भाग्यलाई चुनौती दिन नसकिने र मृत्यु अपरिहार्य रहेको टिप्पणी गरेका छन्। 

उत्तरी सहर हाथरसमा आयोजित हिन्दु धार्मिक सभामा जुलाई २ मा भएको भागदौडमा १ सय २१ जनाको मृत्यु भएपछि पहिलोपटक सञ्चारमाध्यमसमक्ष प्रस्तुत भएका प्रवचक नारायण साकार हरि ‘भोलेबाबा’ले आफू यो त्रासदीबाट दु:खी भएको बताए। 

‘जे भयो त्यसबाट म धेरै दु:खी छु, तर भाग्यलाई कसले चुनौती दिन सक्छ र! जो कोही पनि यस पृथ्वीमा आउँछ, उसले एक दिन जानैपर्छ’ उनले भने। 

प्रहरी कन्स्टेबलबाट प्रचारक बनेका बाबाले बुधबार भागदौड भएको स्थानबाट करिब ६० किलोमिटर टाढाको कासगन्जमा रहेको धार्मिक मठबाट स्थानीय सञ्चारमाध्यमसँग कुरा गरेका हुन्। 

बाबाका वकिलले यसअघि भिडमा रहेका असामाजिक तत्त्वहरू घटनाको जिम्मेवार रहेको बताएका थिए।

प्रवचनमा २ लाख पचासँ हजार भक्त उपस्थित थिए। यद्यपि ८० हजार जनालाई मात्र सहभागी गराउन पाइने अनुमति आयोजकहरूसँग थियो।

मृत्यु भएका मध्ये अधिकांश महिला थिए।

भागदौडपछि जारी गरिएको प्रहरी प्रतिवेदनका अनुसार उक्त कार्यक्रमका मुख्य आयोजकहरूलाई पक्राउ गर्न खोजिएको थियो,  तर भोलेबाबालाई पक्राउ गर्न सकिएको थिएन। 

अहिलेसम्म उनका ११ जना स्वयंसेवकलाई पक्राउ गरिएको छ।

भारतमा धार्मिक जमघटमा भीड व्यवस्थापन कमजोर र सुरक्षामा त्रुटिले गर्दा यस्ता घातक घटना सामान्य हुने गरेका छन्। 

सन् २००८ मा उत्तरी सहर जोधपुरको पहाडी मन्दिरमा भएको भागदौडमा २२४ तीर्थयात्रीको मृत्यु भएको थियो भने ४०० भन्दा बढी घाइते भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .