भारतस्थित उत्तर प्रदेशको हाथरस जिल्लाको सिकन्दराउ सहरनजिकै सत्संग कार्यक्रममा भएको भागदौडमा मृत्यु हुनेको संख्या १२२ पुगेको छ।
घटनामा धेरै मानिस अझै बेपत्ता रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
मारिनेमा अधिकांश महिला र बालबालिका छन्।
सत्संगको अनुमति माग्दै आयोजकले प्रशासनलाई करिब ८० हजार मानिस सत्संगमा सहभागी हुने बताएका थिए, तर यहाँ आउनेको संख्या योभन्दा धेरै थियो।
प्रत्यक्षदर्शी तथा भक्तजनका अनुसार सत्संग सकिएपछि यहाँ आएका भक्तजनहरूबीच बाबाको खुट्टाको धुलो लिन प्रतिस्पर्धा भएको थियो र त्यही कारण भागदौड मच्चिएको थियो।
129
Shares
प्रतिक्रिया