ad ad

ग्लोबल


भक्तजनबीच ‘बाबा’को खुट्टाको धुलो लिन भागदौड मच्चिँदा मर्नेको संख्या १२२ पुग्यो

भक्तजनबीच ‘बाबा’को खुट्टाको धुलो लिन भागदौड मच्चिँदा मर्नेको संख्या १२२ पुग्यो

पीडित


नेपालखबर
असार १९, २०८१ बुधबार १०:६, काठमाडौँ

भारतस्थित उत्तर प्रदेशको हाथरस जिल्लाको सिकन्दराउ सहरनजिकै सत्संग कार्यक्रममा भएको भागदौडमा मृत्यु हुनेको संख्या १२२ पुगेको छ। धेरै मानिस अझै बेपत्ता छन्।

समाचार एजेन्सी पीटीआईले प्रशासनलाई उद्धृत गर्दै १२२ मृतकको सूची जारी गरेको छ।

मृत्यु हुनेमा ठूलो संख्यामा नारायण साकारको सत्संगमा आएका महिला थिए। 

कार्यक्रम स्थल अलिगढलाई एटाह जोड्ने राष्ट्रिय राजमार्ग ३४ मा रहेको सिकन्दराउ सहरबाट करिब चार किलोमिटर टाढा फुलराई गाउँमा थियो।

प्रत्यक्षदर्शी तथा भक्तजनका अनुसार सत्संग सकिएपछि यहाँ आएका भक्तजनहरूबीच बाबाको खुट्टाको धुलो लिन प्रतिस्पर्धा भएको थियो र त्यही कारण भागदौड मच्चिँदा उक्त दुर्घटना भएको हो। 

नारायण साकार उत्तर प्रदेश प्रहरीका पूर्व कर्मचारी हुन् र उनको नाम सुरज पाल हो। उनले स्थानीय गुप्तचर एकाइमा १८ वर्ष काम गरे र सन् १९९० मा स्वेच्छिक अवकाश लिए। एटामा तैनाथ भएका बेला स्वेच्छिक अवकाश लिँदै नारायण साकार हरि उर्फ ‘भोले बाबा’का रूपमा काम गर्न थालेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .