ad ad

ग्लोबल


पाकिस्तानमा चुनाव : इमरान समर्थक १२० सिटमा अगाडि, नवाज शरिफले विजयी भाषण दिने मञ्च हटाइयो

पाकिस्तानमा चुनाव : इमरान समर्थक १२० सिटमा अगाडि, नवाज शरिफले विजयी भाषण दिने मञ्च हटाइयो

नेपालखबर
माघ २६, २०८० शुक्रबार ७:१, काठमाडौँ

पाकिस्तानमा नेसनल एसेम्बली र प्रान्तीय चुनावका लागि बिहीबार सम्पन्न निर्वाचनको मतगणना जारी छ।

जारी मतगणनाको नतिजाले पाकिस्तानमा जेलभित्रैबाट निर्दलीय चुनावमा होमिएका  इमरान खानले बलियो अग्रता बनाएका छन्। पाकिस्तान तेहरिक ए इन्साफ पार्टी समर्थक निर्दलीय उम्मेदवारहरूले अहिले १२० सिटमा अग्रता बनाएका छन्।

ताजा परिणाम ले सेनाको पनि साथ मिलेको भनिएका नवाज शरिफलाई झट्का लागेको छ। ताजा गणनामा उनी आफैं पनि पछि परेका छन्।

ताजा नतिजामा नवाज स्वयं र उनको दलसमेत पछि परेकाले लाहौरको मोडल टाउनमा पीएइल-एनले नवाज शरिफको विजयी भाषणका लागि बनाइएको स्टेज नै हटाएको छ।

पार्टी हार्ने भएपछि नवाज पनि मोडल टाउनबाट अन्यत्र हिँडेका छन्। उनी विदेश उडिसकेको चर्चाको उनको पार्टीले खण्डन गरेको छ।

पाकिस्तानको नेसनल एसेम्बलीमा जम्मा ३३६ सिट छन्। यिनमध्ये २६५ सिटमा चुनाव भएको हो। बाँकी ७० सिट रिजर्भ हुन्। 

जसमा ६० सिट महिलाका लागि र अन्य १० सिट गैरमुस्लिमका लागि आरक्षित गरिएको छ।

यसैबीच पाकिस्तान पीपुल्स पार्टीले ताजा अवस्थामा ३ सिटमा जितेको छ। उता पहिलो सिट भने इमरान समर्थित निर्दलीय उम्मेदवारले जिते

पाकिस्तानको चुनाव आयोगले पहिलो नतिजा सार्वजनिक गर्दा पीटीआई उम्मेदवार विजयी भएका हुन्।

पीटीआईको दाबी -१५० सिटमा अग्रता
पीटीआईका अध्यक्ष गौहर रजाले बताएअनुसार उनको पार्टीको समर्थन पाएका निर्दलीय उम्मेदवार १५० बढी सिटमा अगाडि छन्। भिडियो जारी गर्दै गौहरले चुनाव आयोगले दिएको विवरण अनुसार नै यो अग्रता मिलेको हो।

एक कैदी देशको प्रधानमन्त्री बन्दै- पीटीआई

पाकिस्तानमा एकातर्फ चुनाव आयोगले एक सिटको पनि सुरूवाती रुझान बाहिर ल्याएको छैन। तर इमरान समर्थक निर्दलीय उम्मेदवार बहुमतनजिक रहेको बताइरहेका छन्।

इमरान खानको पार्टी पीटीआईका अध्यक्ष गौहर अली खानले पहिलो पटक कुनै (इमरान) देशको प्रधानमन्त्री बन्न लागेको बताए।

तर जियो न्यूजका अनुसार इस्लामाबादमा चुनाव अधिकारीले नतिजा बताउन मानेका छैनन्। नतिजा देखाउन लगाएको स्क्रिनमा पनि नतिजा अपडेट गरिएको छैन। पत्रकारलाई निर्वाचन अधिकृतको कार्यालयमा जान पनि दिइएको छैन।

इमरान समर्थक उम्मेदवारले जित्न थालेपछि निर्वाचन अधिकृतहरूले परिणाम दिन नमानेको पीटीआईका कार्यकर्ताको आरोप छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .