बागमती


केही उक्लियो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम

केही उक्लियो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
माघ २६, २०८० शुक्रबार ७:४, काठमाडौँ

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज (शुक्रबार) केही बढेको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार बिहान ५:४५ बजे मापन गर्दा उपत्यकाको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस देखिएको हो।

बुधबार र बिहीबार ३ डिग्री सेल्सियसमा झरेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आज ३.५ डिग्री सेल्सियसमा उक्लिएको हो। 

त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे पुनः मापन गरिन्छ, त्यतिबेला यत्तिकै रहन पनि सक्छ भने थोरै घट्न पनि सक्छ।

मौसमविद्का अनुसार राति मौसम बदली भयो, आकाश बादलले ढाक्यो भने बिहान न्यूनतम तापक्रम बढ्छ भने राति आकाश सफा भयो भने न्यूनतम तापक्रम घट्छ। 

काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १८ देखि २० डिग्रीसम्म रहने अनुमान गरिएको मौसमविद् लामिछानेको भनाइ छ। 

२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ बजेभित्र न्यूनतम तथा साँझ ५:४५ बजेभित्र अधिकतम तापक्रम मापन गरिन्छ।

अहिले बिहान काठमाडौँ उपत्यकाको मौसम आंशिक बदलीको अवस्थामा रहेको उनले बताए।

‘आज दिनभर उपत्यकाको मौसम आंशिकदेखि सामान्यतया सफा रहने अनुमान गरिएको छ’, मौसमविद् लामिछानेले भने। भनेको आकाशमा बादल लागे पनि घाम लाग्छ।   

देशभरका लागि– तराईका अधिकांश स्थानमा हुस्सु, कस्तो रहला आज अन्य भूभागको मौसम?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad