ad ad

ग्लोबल


पाकिस्तानमा चुनाव : सुरूवाती रूझानमा जेलबाट चल्यो इमरानको जादु, नवाज शरिफलाई झट्का

पाकिस्तानमा चुनाव : सुरूवाती रूझानमा जेलबाट चल्यो इमरानको जादु, नवाज शरिफलाई झट्का

फाइल तस्बिर


नेपालखबर
माघ २५, २०८० बिहिबार २३:४९, काठमाडौँ

पाकिस्तानमा नेशनल एसेम्बली र प्रान्तीय चुनावका लागि बिहीबार मतदान सकिएको छ। मतदान बिहान साढे ८ बजेदेखि साँझ साढे ५ बजेसम्म चलेको थियो।

मतदान सकिएलगत्तै गणना सुरु भएको छ। सुरूवाती रूझानमा जेलमा रहेका इमरान खान समर्थक निर्दलीय उम्मेदवारहरूले अग्रता बनाएका छन्।

सुरूवाती रूझानले सेनाको पनि साथ मिलेको भनिएका नवाज शरिफलाई झट्का लागेको छ। 

सुरूवाती गणनामा उनी आफैं पनि पछि परेका छन्। यो मतगणनाको परिणाम शुक्रबार आइसक्नेछ।  

पाकिस्तानको नेशनल एसेम्बलीमा जम्मा ३३६ सिट छन्। यिनमध्ये २६५ सिटमा चुनाव भएको हो। बाँकी सिट रिजर्भ हुन्।  

इमरान समर्थक अगाडि

अहिलेसम्म २६५ मध्ये १३८ सिटको रूझान आएको छ। जसमध्ये इमरान खानको पार्टीलाई समर्थन गर्ने निर्दलीय उम्मेदवार ८२ सिटमा अगाडि देखिएका छन्। 

यद्यपि इमरानको पार्टी पीटआईलाई चुनाव लड्न दिइएको छैन भने चुनाव चिह्न पनि खोसिएको छ। इमरानलाई पनि चुनावको मुखमा तीनवटा मुद्दामा जम्मा ३१ वर्षको सजाय सुनाएर जेलमा थुनिएको छ।

उता ३५ सिटमा नवाज शरिफको पार्टी पीएमएल-एन र १७ सिटमा पर पाकिस्तान पिपुल्स पार्टीका उम्मेदवार अगाडि छन्। 

मतदानका क्रममा देशभर कयौं घण्टासम्म मोबाइल र इन्टरनेट सेवा पूरै बन्द गरियो। मतगणनाका क्रममा पनि विभिन्न वेबसाइटमा भइरहेको मतगणनाको अपडेटसमेत रोकिएको छ। 

खैबर पख्तुनख्वाको राजधानी पेशावरमा सुरूवाती रूझानमा सबै सिटमा पीटीआईका समर्थक उम्मेदवारले अग्रता बनाएका छन्।

नवाज शरिफ पछाडि

पीएमएल-एन अध्यक्ष तथा प्रधानमन्त्री पदका दावेदार मानिएका नवाज शरिफ लाहौर सिटमा पछि परेका छन्। 

पछिल्लो विवरण अनुसार नवाजलाई १४०३ र इमरानको पार्टीकी यास्मिन राशिदलाई १४९२ मत मिलेको छ। पीटीआईलाई रोकिएपछि यास्मिन निर्दलीय चुनावी प्रतिस्पर्धामा छिन्।  

यास्मिन इमरानको पार्टी पीटीआईकी सदस्य उनी जेलबाटै नवाजसँग प्रतिस्पर्धामा छिन्। उनीमाथि ९ मे २०२३ भएको हिंसाको योजनाकारका रूपमा मुद्दा चलाएर जेल हालिएको छ। 

पीटीआईले भन्यो : यो इमरानको जीत

गणनाका क्रममा इमरान खानको पार्टी पीटीआईको प्रतिक्रिया आएको छ। 

पीटीआईले सामाजिक सञ्जालमा भनेको छ-फासिस्ट सरकारले जनतालाई मतदानबाट रोक्न अनेक हथकण्डा अपनायो। यसका बावजुद जनताले हौसला र साहससहित मतदान गरे। अपराध र दमनमा उत्रिनेलाई जनताले नकारिदिए, यो इमरान खान, पीटीआई र पाकिस्तानको जित हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .