गत फेब्रुअरीमा अमेरिका र इजरायलको संयुक्त हवाई हमलामा मारिएका इरानका तत्कालीन सर्वोच्च नेता अयातुल्लाह अली खामेनी र उनका परिवारका सदस्यहरूको अन्त्येष्टि निर्धारित समयभन्दा अगाडि नै सुरु भएको छ।
इरानको सरकारी समाचार एजेन्सी आईआरएनएका अनुसार यसअघि इस्लामिक गणतन्त्रका पूर्वसर्वोच्च नेता अली खामेनीको अन्त्येष्टि समारोह शनिबार सुरु गरिने घोषणा गरिएको थियो, तर विदेशी प्रतिष्ठित व्यक्तिहरूबाट श्रद्धाञ्जलीको प्रवाह सुरु भइसकेको छ र जारी छ।
आईआरएनएकाका अनुसार सहिद क्रान्तिकारी नेता र उनको परिवारका धेरै सदस्यहरूको शव तेहरान मोसल्लाको मञ्च अगाडि राखिएको छ।

अन्त्येष्टि समारोह जुलाई ४, ५, ६, ७ र ८ सम्म आयोजना हुने र त्यसपछि खामेनीको शव जुलाई ९ मा मसहद सहरमा गाडिने बताइएको छ।
अली खामेनीसँगै यी चार व्यक्तिलाई गाडिनेछ:
-अली खामेनीकी छोरी बसर अल खामेनी
-ज्वाइँ मिसबाह अल-होदा बगेरी
-हालका सर्वोच्च नेता मोज्ताबा खामेनीकी पत्नी जाहरा हद्दाद अदेल
-अली खामेनीकी नातिनी जाहरा मोहम्मदी गोलपेगानी
Shares

प्रतिक्रिया