ad ad

ग्लोबल


यी हुन् आउँदो चुनावमा पुटिनलाई चुनौती दिने उम्मेदवार

यी हुन् आउँदो चुनावमा पुटिनलाई चुनौती दिने उम्मेदवार

नेपालखबर
माघ १७, २०८० बुधबार १८:१०,

रुसी राष्ट्रपति भ्लादिमिर पुटिन फेरि अर्को कार्यकालका लागि राष्ट्रपति पदमा उठ्दैछन्। उनलाई चुनौती दिन बोरिस नादेज्दिन चुनावमा उठ्ने भएका छन्।

उनले पुटिन र युक्रेनमाथि रुसी आक्रमणको आलोचना गर्दै आएका थिए। 

उनले निर्वाचन आयोगलाई १ लाख मानिसको हस्ताक्षर बुझाएको बताएका छन्। उम्मेदवारीका लागि त्यति मानिसको हस्ताक्षर आवश्यक पर्छ। चिसोमा पनि हजारौँ मानिस लाइन लागेर उनका लागि हस्ताक्षर गरेका थिए।

हस्ताक्षर बुझाएपछि उनले आफू गौरवान्वित भएको बताएकी छन्।

६० वर्षीय नादेज्दिन ३० वर्षभन्दा लामो समय स्थानीय तहको काउन्सिलर थिए। 

पुटिनले यसअघि नै स्वतन्त्र उम्मेदवारका रुपमा उम्मेदवारी दर्ता गराइसकेका छन्। मार्चमा चुनाव हुँदैछ। 

छैटौँ कार्यकालका लागि पुटिन निर्वाचित हुने पनि निश्चितप्रायः छ।

सन् २००० देखि नै रुसको राजनीतिक परिदृश्यमा पुटिनको हालिमुहाली छ। २०२० मा उनले संविधान संशोधन गराएर २०२४ पछि पनि सत्तामा रहने बाटो खोलेका थिए। 

मार्चको चुनावमा निर्वाचित भए उनी २०३० सम्म सो पदमा रहनेछन् भने अझै अर्को एक कार्यकाल चुनाव लड्न उनलाई बाधा छैन। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .