ad ad

ग्लोबल


राहुल गान्धीविरुद्ध मुद्दा चलाउन असमका मुख्यमन्त्रीको निर्देशन

राहुल गान्धीविरुद्ध मुद्दा चलाउन असमका मुख्यमन्त्रीको निर्देशन

फाइल तस्बिर


नेपालखबर
माघ ९, २०८० मंगलबार १५:१२, काठमाडौँ

असमका मुख्यमन्त्री हिमम्त बिस्वा सरमाले असम पुलिसका डीजीपीलाई राहुल गान्धीविरुद्ध मुद्दा दर्ता गर्न निर्देशन दिएका छन्। 

उनले राहुल गान्धीमाथि भीडलाई उकास्न भूमिका खेलेको आरोपसहित मुद्दा अघि बढाउन निर्देशन दिएका हुन्। 

'यो असमिया संस्कृतिको हिस्सा होइन। हामी एक शान्तिपू्र्ण राज्य हौँ। यस्तो 'नक्सली रणनीति' हाम्रो संस्कृतिबाट विलकुल अलग छ। मैले असम पुलिसका डीजीपीलाई राहुल गान्धीविरुद्ध भीडलाई उकासेका कारण जाहेरी दर्ता गराउन निर्देशन दिएको छु', उनले भनेका छन्। 

मुख्यमन्त्री बिस्वाले आफ्नो एक्स एकाउन्टमा प्रमाणस्वरुप भिडिओ फुटेज हेर्न पनि भनेका छन्। 

उनले राहुल गान्धीमाथि उनको अनियन्त्रित व्यवहार र निर्देशनका कारण गुवाहाटीमा कयौँ घण्टा ट्राफिक जाम भएको पनि आरोप लगाएका छन्।

असम पुलिसले राहुल गान्धीको ‘भारत जोडो न्याय यात्रा'लाई असमको जोराबातमा अघि बढ्नबाट रोकिएको थियो। त्यसपछि कांग्रेसका केही कार्यकर्ताले पुलिसले लगाएको ब्यारिकेड तोडिदिएका थिए। 

यात्रालाई गुवाहाटीतर्फ जान नदिन रोकिएपछि कांग्रेस नेता राहुल गान्धीले पुलिसको ब्यारिकेड तोडिएको तर कानुन नतोडिएको बताएका छन्। 

'असमका मुख्यमन्त्री, गृह मन्त्री र प्रधानमन्त्री भलै कानुन तोड्न सक्छन् तर कांग्रेसका कुनै कार्यकर्ता कानुनलाई तोड्ने छैनन्', राहुलले भनेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .