सेयरबजारमा शून्य दशमलव ४० अंकको गिरावट आएको छ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से घटेर २०९८.२९ विन्दुमा रोकिएको हो।
आज चार अर्ब २९ करोड रुपैयाँको कारोबार भएको छ। योसँगै ८ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन भने १०३ कम्पनीको बढेको र १३७ कम्पनीको घटेको छ।
बजारमा मंगलबार १ करोड १८ लाख कित्ता सेयर बिक्री भएको नेप्सेले जनाएको छ।
आज चन्द्रागिरि हिल्सको सेयरमा सकारात्मक सर्किट लागेको छ। योसँगै कम्पनीका लगानीकर्ताले ८६.३० रुपैयाँ प्रतिकित्ता आम्दानी गरेका छन्।
यसबाहेक नेपाल ल्युब आयल, एनएमबी माइक्रोफाइनान्स र तेह्रथुम पावरका लगानीकर्ताले पनि धेरै कमाएका छन्।
आज लगानीकर्ताले ६.२० प्रतिशतसम्म नोक्सानी व्यहोरेका छन्।
सर्वाधिक कारोबारमा आज पनि हिमालयन रिइन्स्योरेन्स अगाडि छ। कम्पनीको ५५ करोडको सेयर किनबेच भएको छ।
Shares
प्रतिक्रिया