ग्लोबल


मानव तस्करी आरोपमा तीन सय भारतीय यात्रु सवार जहाज फ्रान्समा उतारियो

मानव तस्करी आरोपमा तीन सय भारतीय यात्रु सवार जहाज फ्रान्समा उतारियो

नेपालखबर
पुस ९, २०८० सोमबार १३:४, काठमाडौँ

संयुक्त अरब एमिरेट्सबाट ३०३ भारतीय यात्रु लिएर निकारागुआ गइरहेको एउटा जहाजलाई फ्रान्समा उतारिएको छ। 

उक्त जहाजलाई गत शुक्रबार नै फ्रान्समा उतारेर त्यहाँका अधिकारीहरूले छानबिन अघि बढाएका हुन्। 

समाचार अनुसार यस विमानलाई तीन दिनपछि मात्रै फ्रान्स छाड्ने अनुमति मिलेको छ। अब यो जहाजले सोमबार फ्रान्सबाट उडान भरेर निकारागुआका लागि जान पाउने सम्भावना छ।

फ्रान्सेली अधिकारीहरूले यस जहाजमार्फत मानव तस्करी भइरहेको सूचना पाएका थिए। त्यहीकारण यो जहाजलाई उतारेर जाँच गरिएको थियो।

फ्रान्सको चर्चित समाचार च्यानल बीएफएम टीभीका अनुसार रोमानियाको लिजेन्ड एयरलाइन्सको यस ए३४० जहाजलाई देश छाड्ने अनुमति दिएपछि अदालतले प्रक्रियामा त्रुटी भएको जनाउँदै सुनुवाइलाई रद्द गर्ने निर्णय सुनाएको छ। 

तर उता लिजेन्ड एयरलाइन्सले कुनै पनि मानव तस्करीको घटनामा आफ्नो संलग्नतालाई अस्वीकार गरेको छ। फ्रान्समा मानव तस्करीमा सहभागी भएको पाइए २० वर्षको जेल सजाय हुन्छ।

समाचार एजेन्सी पीटीआईका अनुसार फ्रान्सका चार न्यायाधीशले 'मानव तस्करी' को आशंकामा हिरासतमा लिइएका यात्रुसँग आइतबार सोधपुछ गरेको थियो। यो सोधपुछ पेरिसबाट १५० किलोमिटर पूर्वस्थित भ्याट्री विमानस्थलमा भएको थियो।

यस जहाजले स्थानीय समयअनुसार सोमबार बिहान फेरि उडान गर्ने अपेक्षा छ। तर यसको अझै टुंगो भएको छैन। यो जहाज अब भारत, निकारागुआ या दुबई कहीँ पनि जान सक्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad