ad ad

ग्लोबल


गाजामा संघर्ष रोक्न बढ्दो अन्तर्राष्ट्रिय दबाब, युद्ध नछाड्ने इजरायलको अडान

गाजामा संघर्ष रोक्न बढ्दो अन्तर्राष्ट्रिय दबाब, युद्ध नछाड्ने इजरायलको अडान

फाइल तस्बिर


नेपालखबर
पुस १, २०८० आइतबार १७:९, काठमाडौँ

गाजा क्षेत्रमा जारी युद्ध रोक्न अन्तर्राष्ट्रिय दबाब बढ्दै गएको छ। पछिल्लो पटक इजरायलको सहयोगी राष्ट्र फ्रान्सले पनि युद्ध रोक्न दबाब बढाएको छ।

यसअघि संयुक्त राष्ट्रसंघमा पनि युद्धविरामको पक्षमा मतदान भइसकेको छ। पछिल्लो पटक शक्ति राष्ट्र फ्रान्सले तत्काल इजराय-गाजायुद्धमा युद्धविरामको माग गरेको हो। 

फ्रान्सका विदेश मन्त्री क्याथरिन कोलोनाले गाजाको गम्भीर अवस्थालाई लिएर आफूहरू चिन्तित रहेको बताएका छन्। 

समाचार एजेन्सी एएफपीका अनुसार क्याथरिन कोलेनाले ठूलो संख्यामा आमनागरिकले ज्यान गुमाइरहेको बताउँदै तत्काल संघर्ष रोकिनुपर्ने बताएका हुन्। 

क्याथरीले पेरिसमा इजरायली विदेश मन्त्री एली कोहोनसँगको वार्तापछि उक्त कुरा बताएका हुन्। 

उनले पटक पटक जोड दिँदै ७ अक्टोबरमा हमासको हमलामा मारिएका इजरायली नागरिकलाई पनि भुल्न नहुने बताए। 

उता जर्मनी र ब्रिटेनले पनि गाजामा स्थायी युद्धविराम हुनुपर्ने माग गरेका छन्। 

बेलायती विदेशमन्त्री डेभिड क्यामरनले जर्मन विदेश मन्त्री एनालेना बेयरबुकसँगको वार्तामा गाजामा तत्काल युद्धविरामको माग गरेका हुन्।

उनले यदि अब लडाइँ रोकिँदा स्थायित्व हुन्छ भने त्यसतर्फ जानुपर्ने बताए। दुवै विदेश मन्त्रीहरूले संयुक्त रुपमा बेलायतको पत्रिका सन्डे टाइम्समा एउटा लेख नै छपाएका छन्। 

उनीहरूले आफूहरूको उद्धेश्य केवल लडाइँ रोकिनु मात्रै नभएको बताउँदै अहिलेको समयमा आउने पुस्ताका लागि स्थाय शान्ति आवश्यक रहेको पनि उल्लेख गरेका छन्। 

मंगलबार संयुक्त राष्ट्रसंघमा गाजामा तुरून्त मानवीय संघर्ष विराम लागु गर्ने प्रस्ताव ल्याइएको थियो। यसको मतदानका क्रममा जर्मनी र ब्रिटेन अनुपस्थित थिए।

बढ्दो दबाबबीच इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले बन्धकहरूको रिहाइका लागि सैन्य दबाव बनाइराख्नु आवश्यक रहेको उल्लेख गरे।

अन्तरराष्ट्रिय दबावका बावजुद नेतन्याहुले जबसम्म पूरा उपलब्धि हासिल हुँदैन, तबसम्म युद्ध जारी रहने बताए। 

उनले बन्धकलाई फिर्ता ल्याउन सेनाको दबाब अभियान सफल हुने पनि जिकिर गरे। अहिलेसम्म करिब सय बन्धक रिहा भइसकेको उनको जिकिर छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .