भारतस्थित राजस्थानमा राजपूत करणी सेनाका प्रमुख सुखदेव सिंह गोगामेडी हत्याका अभियुक्त नितिन फौजीलाई आफ्नो घरमा लुकाएको आरोपमा जयपुरबाट एक महिलालाई पक्राउ गरिएको छ।
बीबीसी हिन्दीले लेखेको छ- राजस्थान प्रहरीका अनुसार, ‘नितिन फौजी २८ नोभेम्बरमा नै जयपुर आएका थिए। त्यसपछि पूजा नामकी महिला र उनका पति महेन्द्र कुमारले उनलाई आफ्नो फ्ल्याटमा राखे। पैसा र हतियार दिए।’

प्रहरीले ती महिलालाई पक्राउ गरेको छ। उनका श्रीमान् महेन्द्र फरार छन्। उनी हिस्ट्रीसिटर हुन् र उनीविरुद्ध २४ वटाभन्दा बढी मुद्दा दर्ता छन्।
प्रहरीका अनुसार ती महिलाको घरमा एके ४७ बन्दुकको तस्बिर पनि भेटिएको छ।
ती महिलाका श्रीमान महेन्द्र ठूलो संख्यामा हतियारसहित फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ।
459
Shares

प्रतिक्रिया