ad ad

राजनीति


बागमती र चीनको चियाङ्सी प्रदेशबीच भगिनी सम्बन्ध स्थापना हुने

बागमती र चीनको चियाङ्सी प्रदेशबीच भगिनी सम्बन्ध स्थापना हुने

नेपालखबर
मंसिर ५, २०८० मंगलबार ११:०, हेटौँडा

बागमती प्रदेश र चीनको चियाङ्सी प्रदेशबीचमा भगिनी सम्बन्ध स्थापना गर्ने बिषयमा छलफल भएको छ। 

मंगलबार काठमाडौँमा भएको बागमती प्रदेश र चीनको चियाङ्सी प्रदेशका उच्च तहका प्रतिनिधीबीचको भेटवार्तामा दुई प्रदेशबीचमा भगिनी सम्बन्ध स्थापना गर्ने बिषयमा छलफल भएको हो। 

चिनियाँ प्रतिनिधि मण्डलको नेतृत्व चियाङ्सी प्रान्तको उपाध्याक्ष ओ च्यङछोङ र बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको नेतृत्वमा भएको उच्चतम भेटवार्तामा भगिनी सम्बन्ध स्थापना गर्ने सहमती भएको मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डीपी ढाकालले जानकारी दिए।

भेटवार्तामा दुई प्रदेशबीचमा भगिनी सम्बन्ध स्थापना गर्ने देखि एकीकृत रिसर्च सेन्टर स्थापना, प्राविधिक शिक्षालय स्थापना, पारस्परिक सम्बन्ध बिस्तार र कृषि उत्पादन बिस्तारमा सहकार्य गर्ने लगायतका विषयमा छलफल भएको ढकालले बताए। 

छलफलका प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री राजेन्द्रमान श्रेष्ठ, सामाजिक विकासमन्त्री कुमारी मोक्तान, आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामा, प्रदेशका प्रमुख सचिव धनश्याम उपाध्याय तथा चिनियाँ प्रतिनिधिहरुको सहभागिता छ। 

छलफल जारी रहेको मुख्यमन्त्री जम्मकट्टेलका राजनीतिक सल्लाहकार ढकालले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .