फ्रान्सको रेल नेटवर्कमा भएको आक्रमणपछि रेल सेवा अवरुद्ध हुँदा बेलायती प्रधानमन्त्री कियर स्टारमरको यात्रामा पनि असर परेको छ।
बीबीसीका अनुसार उनी फ्रान्सको राजधानी पेरिसमा आज राति हुने ओलम्पिक उद्घाटन समारोहमा सहभागी हुन रेलमार्फत जान लागेका थिए।
तर आक्रमणबाट युरोस्टार रेल सञ्जाल पनि प्रभावित हुँदा स्टारमर जाने रेलमार्ग पनि अवरुद्ध भएको हो।
जसका कारण उनी अहिले विमानबाट पेरिस गएको बेलायती प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।
फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले पेरिसको सेइन नदीको किनारमा आयोजित समारोहमा भाग लिनुअघि स्टारमरलाई होस्ट गर्नेछन्।
99
Shares

प्रतिक्रिया