ad ad

कारोबार


कुलमानको अडान– डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम असुल गर्छौं

कुलमानको अडान– डेडिकेटेड र ट्रंक लाइनको बक्यौता रकम असुल गर्छौं

नेपालखबर
साउन ११, २०८१ शुक्रबार १५:५२, काठमाडौँ

नेपाल विद्युत् प्राधिकरणले उद्योगहरूमा रहेको डेडिकेटेड तथा ट्रंक लाइन बक्यौता रकम असुल गर्ने अडान राखेको छ।

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले लोडसेडिङको बेला आम उपभोक्तालाई भन्दा पनि ६ वटा उद्योगमा सस्तोमा दिइएको उल्लेख गर्दै त्यसलाई असुली गर्ने अडान राखेका हुन्। 

शुक्रबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले विना बिल सो लाइनको वक्यौता रकम असुली गर्न खोजिएको भन्ने भनाइ पनि सत्य नभएको दाबी गरे। 

‘हाम्रो बिल नै थिएन। नभएको बिल जेनेरेट गर्‍यो भन्ने कदापि होइन। हाम्रो जुन इनर्जी छ। त्यो सधैं रेकर्डेड इनर्जी हो। त्यसमा थप प्रिमियम लगाएर मात्रै बिलिङ गरिएको अवस्था हो। त्यो भएको हुनाले यसलाई हामी उठाउनुपर्छ भन्ने लाइनमा हो,’ उनले भने।

रेकडेट विद्युत्मा प्रिमियम जोडेर ती उद्योगहरूमा बिल पठाएकाले त्यसमा बिल थिएन भन्ने कुरा सत्य नभएको प्रबन्ध निर्देशक घिसिङको भनाइ थियो। उनले लोडसेडिङको बेला आम उपभोक्तालाई प्रतियुनिट विद्युत् १३ रुपैयाँ हुँदा पनि उद्योगका लागि साढे ८ प्रतिशत मात्रै मूल्य तोकिएको स्मरण गराए।

‘डेडिकेटेड र ट्रंक लाइनको लोडसेडिङको बेलामा हामीले इन्डियाबाट पनि इम्पोर्ट गरेका थियौँ। केही समय हामीले लोडसेडिङ घटाउने गरेर हेटौँडा डिजेल प्लान्ट पनि चलाएका थियौँ। त्यो इम्पोर्ट गर्ने कस्ट बढेको पनि होला। तर डेडिकेटेडको पैसा तिर्दा पनि उहाँहरूले पर युनिट साढे ११ रुपैयाँभन्दा बढी परेको छैन,’ घिसिङले अघि भने, ‘जब कि नर्मल टेरिफ १३ रुपैयाँ थियो त्यो बेला पब्लिकले तिरेको। तर पब्लिकलाई त लोडसेडिङ थियो नि त। उहाँलाई नर्मल टेरिफचाहिँ साढे ८ को हाराहारीमा थियो। अब ६०/६५ प्रतिशत प्रिमियम चार्ज हो। प्रिमियम चार्ज मात्रै लगाएको हो।’

प्रबन्ध निर्देशक घिसिङले दक्षिण एसियामा भुटानबाहेक नेपालको विद्युत् सबैभन्दा सस्तो भएको जानकारी पनि दिए।

‘उहाँहरूलाई यो बिलको लागि त्यो आवश्यक नै होइन र लो प्राफाइलसहितको डाटा हामीले फेरिफाई गर्नका लागि यो डेडिकेटेड लाइन भनेको लोडसेडिङको समय घटाउनका लागि उहाँहरूले डेडिकेटेड युज गर्नुभएको हो,’ उनले भने, ‘त्यो लोडसेडिङको बेला सबैले चलाएको छ। कसैले २४ घण्टा चलाएको होला, कसैले १८ घण्टा, कसैले २० घण्टा चलाउको होला। तर १५, १६ घण्टा लोसेसेडिङ भएको बेला त्यो चलाएकै छ। तर हामीसँग जति मिटरको डाटा हुन्छ।’

उनले आफूले प्राधिकरणको नेतृत्व लिएपछि हालसम्म करिव २५ प्रतिशत विद्युत् महसुल घटाएको र करिब २५ लाख सर्वसाधरणलाई निःशुल्क विद्युत् उपभोग गर्ने अवस्था बनाएको दाबी समेत गरे।

‘हामीले नर्मल बिलको शुल्क सुरुमै पठाएका थियौँ। अहिले पनि हामीले गरेका छौँ। त्यसकारण त्यो भनाइमा सत्यता छैन। अब विद्युत् प्राधिकरण कसरी मिटरब्याजी हुन्छ? ६ वर्षसम्म नतिर्दा पनि २५ प्रतिशत मात्रै पेनाल्टी, अनि ६० दिन नतिर्दा पनि २५ प्रतिशत मात्रै पेनाल्टी? यो कसरी मिटरब्याजी हुन्छ? २५ प्रतिशत मात्रै हो पेनाल्टी जति महिना ढिला भएपनि। तर तिरेन भने हामी लाइन काट्छौैँ,’ उनले भने, ‘त्यसो भएकाले त्यसलाई मिटरब्याजी भनिँदैन। नेपालको विद्युत्को प्राइस भुटानबाहेक यो रिजनको सबैभन्दा सस्तो हो। आजको दिनमा हामीले उद्योगीहरूलाई ४ रुपैयाँ ७५ पैसा रातभरि दिइराखेका छौँ।’

उनले नेपालको विद्युत् सस्तो भएको र आफू आएपछि ३ पटक मूल्य घटाएको पनि बताए। 

‘त्यो भएको हुनाले नेपालको विद्युत् सस्तो छ। त्यसमा म आएपछि ३ चोटी विद्युत्को प्राइज घटाइएको छ। २०७२ सालमा जुन प्राईस थियो, २०७४, ७५ तिर १५ प्रतिशत घट्यो। २०७६ तिर ५ प्रतिशत, अनि अस्ती ५ प्रतिशत गरेर २५ प्रतिशत प्राइज घटेको छ,’ घिसिङले भने, ‘यति घटाएर पनि करिब २५ लाख गाउँगाउँका ग्राहकले फ्रिमा बत्ति बालि राखेका छन्। र सिँचाइका ग्राहकलाई हामीले २ रुपैयाँ युनिटमा दिइराखेका छौँ। यसमा कहीँबाट पनि अनुदान छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .