ad ad

ग्लोबल


जापानी अस्पतालमा गोली चल्दा दुई घाइते, एक जना अपहरित

जापानी अस्पतालमा गोली चल्दा दुई घाइते, एक जना अपहरित

नेपालखबर
कात्तिक १४, २०८० मंगलबार २१:३९, काठमाडौँ

जापानको एक अस्पतालमा मङ्गलबार गोली चल्दा कम्तीमा दुई जना घाइते भएका छन् भने एक संदिग्ध बन्दुकधारीले कम्तीमा एक जनालाई बन्धक बनाएर राखेको प्रहरीले जनाएको छ।

प्रहरीले घटना लगत्तै घटनास्थल नजिकैको हुलाक कार्यालय घेराउ गरेको छ।

टिभी फुटेजमा ८० वर्ष काटेका संदिग्ध व्यक्ति टोकियोबाहिर वाराबीमा घाँटीमा डोरीमा बाँधिएको बन्दुकजस्तो देखिने भवनभित्र रहेको देखिएको छ। 

उनको उद्देश्य स्पष्ट नभए पनि अस्पतालको उक्त घटनामा उनी पनि संलग्न रहेको प्रहरीको अनुमान छ र सञ्चारमाध्यममा आएका रिपोर्टअनुसार आवासीय भवनमा भएको बन्दूक आक्रमणमा पनि उनको संलग्नता रहेको प्रारम्भिक अनुसन्धानपछि जानकारी प्राप्त भएको छ। 

शहरको प्रशासन अधिकारीहरूले आफ्नो वेबसाइटमा भनेका छन्, ‘स्थानीय समयअनुसार आज दिउँसो २ः१५ बजे एक व्यक्तिले एक महिलालाई बन्धक बनाएर वाराबी शहरको चुओ ५ चोमे क्षेत्रमा रहेको हुलाक कार्यालयमा लुकेर बसेका थिए। अपराधीसँग बन्दुक जस्तो देखिने वस्तु छ।’

‘घटनास्थल नजिकका नागरिकलाई प्रहरीको निर्देशन पालना गर्न र प्रहरीको निर्देशनअनुसार उक्त ठाउ छोड्न आग्रह गरिएको छ।’

टेलिभिजन फुटेजमा बन्धक बनाइएकी २० वर्षीया एक महिला साँझ ७ः३० बजेभन्दा केही समयअघि नै हुलाकबाट बाहिर निस्केको देखिन्छ। 

अझै कति जनालाई पक्राउ गरिएको छ भन्ने यकिन नभए पनि यसअघि ३० वर्षीया एक महिला भित्र रहेको बताइएको थियो।

एनटिभीका अनुसार प्रहरीले ती व्यक्तिसँग टेलिफोनमा कुरा गरिरहेको छ।

योमिउरी दैनिकले यसअघि करिब १० जना हुलाक कर्मचारी भवनभित्र रहेको र शङ्कास्पद व्यक्तिले मट्टितेल बोकेको हुनसक्ने उल्लेख गरेको थियो।

रात पर्न थालेपछि तीन तल्ले भवनको चारैतिर आपतकालीन बत्ती बलेका प्रहरीका थुप्रै गाडीहरू फुटेजमा देखिन्छ। 

स्थानीय बासिन्दा ७० वर्षीय टेट्सुओ सासाकीले एएफपीसँग भने, ‘यो शान्त बस्ती हो। यस्तो के भइरहेको मलाई विश्वास लागिरहेको छैन।’ 

उनकी ६४ वर्षीया श्रीमती रेइको सासाकीले भनिन्, ‘मैले हिजो मात्र त्यो पोस्ट अफिस प्रयोग गरेको थिएँ। यदि हिजो नगएको भए म गलत समयमा गलत ठाउँमा हुन सक्थें र निशानामा पर्न सक्थें।’

यसअघि टोडाको नजिकैको एक अस्पतालमा सडकबाट गोली चलाउँदा दुई जना सामान्य घाइते भएका थिए जसमा एक चिकित्सक र एक बिरामी रहेको बताइएको छ।

शहरका एक अधिकारीले एएफपीसँग भने, ‘प्रहरीका अनुसार ती व्यक्ति अस्पतालमा आक्रमण गरेपछि हुलाक कार्यालयमा आएका थिए।’

‘दिउँसो १ः०० बजेपछि मैले एउटी महिलाले ‘कृपया कोही आउनुहोस्’ भनेर चिच्याएको सुनेँ र त्यसतर्फ जानलाग्दा त्यही समय एक नर्सले मलाई ‘झ्यालबाट टाढै बस्नुहोस् र आफ्नो टाउको निहुराउनुहोस्,’ भनिन् अस्पतालभित्र रहेका ६० वर्षीय एक पुरुषले एनएचकेलाई बताए।

उनले भने, ‘दिउँसो २ बजेतिर मैले डाक्टरको कार्यालयभित्र हेरेँ र एउटा जाँच तालिकाको छेउमा रगतको आहाल देखेँ। मैले गोली चलेको आवाज सुनेको थिइनँ। तर एक नर्सले आफूले दुई पटक गोली चलेको आवाज सुनेको बताएकी छिन्।’

फुजी टिभीका अनुसार टोडाको एक अपार्टमेन्टमा भएको आक्रमण र ती व्यक्तिबीच सम्बन्ध रहेको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ। आक्रमणमा परी कसैको मृत्यु भने नभएको समाचारमा बताइएको छ।

जापानमा बन्दुकको स्वामित्वसम्बन्धी कडा नियमका कारण हिंसात्मक अपराध विरलै हुने गरेको छ, तर अझै यदाकदा यस्ता घटनाहरू हुनेगर्छन्।

गत वर्ष पूर्वप्रधानमन्त्री शिन्जो आबेको गोली हानी हत्या गरिएको थियो भने यो अप्रिलमा एक व्यक्तिले टाढैबाट वर्तमान् प्रधानमन्त्री फुमियो किशिदालाई लक्षित गरी विष्फोटक पदार्थ प्रहार गरेका थिए। (रासस÷एएफपी)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .