ad ad

ग्लोबल


निवर्तमान राष्ट्रपतिलाई हराउँदै मुइज्जु बने माल्दिभ्सको राष्ट्रपति

निवर्तमान राष्ट्रपतिलाई हराउँदै मुइज्जु बने माल्दिभ्सको राष्ट्रपति

माल्दिभ्सको नयाँ राष्ट्रपति मोहम्मद मुइज्जु।


नेपालखबर
असोज १४, २०८० आइतबार १०:३४, काठमाडौँ

माल्दिभ्सको राष्ट्रपतिमा मोहम्मद मुइज्जु निर्वाचित भएका छन्। 

राष्ट्रपति चुनावमा निवर्तमान राष्ट्रपति इब्राहिम सोलिहलाई हराउँदै उनी विजयी भएका हुन्। 

बीबीसीका अनुसार मोहम्मद मुइज्जुले ५४ प्रतिशत मत प्राप्त गरेका छन्।

इब्राहिम मोहम्मद सोलिहले आफ्नो हार स्वीकार गरेका छन्। उनले मुइज्जुलाई चुनाव जितेकामा बधाई दिएका छन्।

मोहम्मद मुइज्जुले ‘इन्डिया आउट’ नाराका साथ चुनावी अभियान सुरु गरेका थिए। 

सन् १९७८ मा जन्मेका मोहम्मद मोइज्जुले यूकेको लिड्स विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा पीएचडी गरेका छन्।

उनी सन् २०१२ मा राजनीतिमा प्रवेश गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .