ad ad

कला


‘मिसेस युनिभर्स २०२३’ मा विमलाले नेपालको प्रतिनिधित्व गर्ने

‘मिसेस युनिभर्स २०२३’ मा विमलाले नेपालको प्रतिनिधित्व गर्ने

नेपालखबर
असोज १४, २०८० आइतबार १०:४२, काठमाडौँ

आगामी अक्टोबरमा फिलिपिन्समा हुने ४६ औं ‘मिसेस युनिभर्स २०२३’ प्रतियोगितामा नेपालको प्रतिनिधित्व विमला बुढाथोकीले गर्ने भएकी छन्।

लन्डन फेसन हाउसले हालै कोरोनेसन नाइट समारोहबीच ‘मिसेस नेपाल युनिभर्स २०२२’ की ‘फष्ट रनर अप’ बुढाथोकीलाई ‘मिसेस नेपाल युनिभर्स २०२३’ घोषणा गरेपछि उनी फिलिपिन्स जाने भएकी हुन्।

बुढाथोकीलाई मनिषा डंगोल र ‘मिसेस नेपाल युनिभर्स २०२२’ की विजेता सन्नी शाहीले ‘मिसेस नेपाल युनिभर्स २०२३’ को क्राउन लगाइदिएका थिए।

फिलिपिन्समा हुने प्रतियोगितामा सय भन्दा बढी मुलुकका मिसेस सुन्दरीहरुको सहभागिता रहने आयोजक संस्थाकी निर्देशक मनिषा डंगोल श्रेष्ठले बताइन्।

विमलाले नेपालको प्रतिनिधित्व गर्न पाउँदा आफू निकै उत्साहित रहेको र अब प्रतियोगिता तयारीमा लाग्ने बताइन्।

सन् २०१० देखि बेलायत बस्दै आएकी विमलाले ट्राभल टुरिजम एण्ड हस्पिटालिटी म्यानेजमेन्टमा ब्याचलर्स गरेकी छन्। क्याबिन क्रुको तालिम समेत लिएकी विमलाले नेपाल छँदा दुई वर्ष सिंगापुर एअरलाइन्समा काम गरेकी थिइन्।

हाल उनी बेलायतको एक प्रतिष्ठित क्याफे चेन ‘प्रेट अ मंगर’ मा म्यानेजरका रुपमा कार्यरत छिन्। 

तीन वर्षीया छोरी र श्रीमानसहित बेलायत बस्दै आएकी विमला नेपाली समाजका विभिन्न इभेन्ट्स तथा सामाजिक कार्यमा आवद्ध रहनुका साथै च्यारिटी संस्थासँग पनि सहकार्य गर्दै आएकी छन्। बेलायतमा समेत नेपाली कला, संस्कृतिलाई प्रवर्धन गर्ने उनको चाहना छ।

लन्डन हयारोस्थित नेवा छेः मा आयोजित समारोहमा ‘मिसेस नेपाल युनिभर्स’का पूर्व प्रतिष्पर्धी सुन्दरीहरुले ‘क्याटवाक’ गरेका थिए। संगीतमय कार्यक्रम सुस्मिता थापाले सञ्चालन गरेकी थिइन्।

यसपटकको प्रतियोगितामा विगतको जस्तो प्रतिष्पर्धा नगरिएको र प्रक्रियागत रुपमा नै आन्तरिक छनौट गरिएको आयोजक संस्थाकी मनिषा डंगोलले बताइन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .