ad ad

ग्लोबल


‘सटडाउन’को संघारमा अमेरिकी सरकार

‘सटडाउन’को संघारमा अमेरिकी सरकार

नेपालखबर
असोज १३, २०८० शनिबार १६:२५,

अमेरिकी सरकार ‘सटडाउन’ को संघारमा पुगेको छ। शनिबार मध्यरातिसम्म संसदले संघीय एजेन्सीहरुको बजेट पारित गर्न नसक्ने देखिएपछि सरकार सटडाउन हुने देखिएको छ। 

गएको एक दशकमा यो चौथो सटडाउने हुनेछ। जसका कारण अधिकांश सरकारी कर्मचारी अस्थायी रुपले पदमुक्त हुनेछन्। यसको असर हवाई यात्रादेखि राष्ट्रिय निकुञ्ज र विवाहको प्रमाणपत्र जारी गर्ने संस्थासम्म पर्नेछ।

अमेरिकी संसदको तल्लो सदनमा दक्षिणपन्थी खेमाले बजेट विधेयक पारित गर्न नमानेपछि यस्तो स्थिति पैदा भएको हो। झिनो बहुमतका साथ रिपब्लिकन पार्टीले तल्लो सदन नियन्त्रणमा राखेको छ। जबकि माथिल्लो सदन सिनेटमा भने एक सिटले डेमोक्र्याट पार्टी बहुमतमा छ।

त्यसैले बजेट पारित गर्न दुवै पार्टीको समर्थन आवश्यक पर्छ। तर, त्यसका लागि भएको वार्तामा रिपब्लिकन पार्टीले खर्च कटौती गर्नुपर्ने, युक्रेनलाई दिइँदै आएको सहयोग घटाउनुपर्नेलगायतका सर्त अघि सारेको छ।

प्रत्येक आर्थिक वर्षको सुरुवात हुने दिन अक्टोबर १ अघि संसदले संघीय बजेटको करिब ३० प्रतिशत बजेट पारित गर्न नसके सटडाउनको स्थिति पैदा हुन्छ।

त्यसो भयो भने आउँदो सोमबारबाट ‘अत्यावश्यक’ बाहेक कर्मचारी घरमै बस्नेछन्।

१४ लाखभन्दा बढी सैनिक र एयर ट्राफिक कन्ट्रोलहरु चाहिँ बिना पैसा काम गर्नेहरुमा पर्छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .