ग्लोबल


भारतको कश्मिरमा दोस्रो दिन पनि भिडन्त, बुधबार मारिएका थिए कर्णेल, मेजर र डीएसपी

भारतको कश्मिरमा दोस्रो दिन पनि भिडन्त, बुधबार मारिएका थिए कर्णेल, मेजर र डीएसपी

नेपालखबर
भदौ २८, २०८० बिहिबार १८:२६, काठमाडौँ

भारतको कश्मिरस्थित अनन्तनाग जिल्लाको गाडोल कोकेरनाग इलाकामा दोस्रो दिन पनि भिडन्त जारी छ।

स्थानीय चरमपन्थी र सुरक्षाकर्मीबीच बुधबारदेखि सुरु भएको भिडन्त बिहीबार पनि जारी रहेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। 

त्यहाँ अहिले पनि ठूलो आवाजमा विस्फोट र गोलीाबारी भइरहेको छ। पूरै इलामाका निगरानी गर्न सेना र स्थानीय प्रहरीले सानो हेलिकप्टर र ड्रोन उडाइरहेका छन्।

उक्त स्थानमा भिडन्त चलिरहेपछि सुरक्षा निकायका ठूला अधिकारी पनि मैदानमा उत्रिएका छन्।

चिनार कोर कमाण्डर लेफ्टिनेन्ट जनरल राजीव घई र राष्ट्रिय राइफल्सका भिक्टर फोर्स कमान्डर मेजर जनरल बलबीर सिंह आफैं यो अपरेशनमा खटिएका छन्। स्थानीय सुरक्षाकर्मीको मनोबल बढाउन उनीहरु त्यहाँ पुगेका हुन्। 

अनन्तनाग जिल्लाक गाडोलमा ३ देखि ४ जना चरमपन्थी रहेको सूचनापछि सेना र प्रहरीले मंगलबार साँझ संयुक्त अपरेशन थालेका थिए।मध्यराति भएपछि अपरेशन रोकिएको थियो। 

बुधबार बिहानै फेरि खोजी थालियो। तर त्यसबेला चरमपन्थीहरुले जंगलमा एम्बुस थापेर सुरक्षा बलमाथि धावा बोलेका थिए। 

उनीहरुले अन्धाधुन्ध फायरिङ गर्दा तीनजना मारिएका छन्। मारिनेहरुमा १९ राष्ट्रिय राइफल्सका कमान्डिङ अफिसर कर्णेल मनप्रीत सिंह, मेजर आशीष धौन्चक र जम्म-कश्मीर पुलिसका डीएसपी हुमायुं भट र एक जवान मारिएका थिए। अझै एक जवान बेपत्ता छन्। 

मनप्रीत मोहालीका तथा मेजर आशीष पानीपत र भट कश्मिरको बडगामका बासिन्दा थिए। लश्कर-ए-तैयबासँग जोडिएका रेजिस्टेन्ट फ्रन्टले उनीहरुमाथि हमलाको जिम्मा लिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .