भारतको नयाँ दिल्लीमा भइरहेको जी २० सम्मेलनका क्रममा शनिबार अमेरिकाका राष्ट्रपति जो बाइडेनले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग सेल्फी खिचेका छन्।
सम्मेलनमा भाग लिन बाइडेन र शेख हसिना शुक्रबार नयाँ दिल्ली पुगेका हुन्। शिखर सम्मेलनमा ३० भन्दा बढी राष्ट्र प्रमुख र उच्च अधिकारी सहभागी छन्।
जसमा १४ वटा अन्तर्राष्ट्रिय संस्थाका प्रमुख पनि छन्। भारतका राष्ट्रपति द्रौपर्दी मुर्मुले शनिबार सम्मेलन स्थल भरत मण्डपममा सहभागी विदेशी पाहुनाहरूका लागि रात्रिभोजको आयोजना गरिन्।
102
Shares
प्रतिक्रिया