ग्लोबल


वैज्ञानिक खोजको निष्कर्ष : क्यान्सर उपचारमा नयाँ सम्भावना पत्ता लाग्यो

वैज्ञानिक खोजको निष्कर्ष : क्यान्सर उपचारमा नयाँ सम्भावना पत्ता लाग्यो

नेपालखबर
माघ ७, २०७६ मंगलबार ४:२४,

मानव शरीरको रोग प्रतिरक्षा प्रणालीको नयाँ पत्ता लागेको हिस्सा प्रयोग गरेर क्यान्सर रोगको उपचार गर्न सकिने सम्भावना वैज्ञानिकले पत्ता लगाएका छन्।

बीबीसीका अनुसार कार्डिफ विश्वविद्यालयका वैज्ञानिकहरूले प्रोस्टेट, स्तन, फोक्सो र अन्य सबै खाले क्यान्सरको उपचार गर्ने विधिको प्रयोगशालमा परीक्षण गरेका हुन्।

क्यान्सरका बिरामीमा यसको परीक्षण गरिएको छैन। तर, वैज्ञानिकहरूले यसले क्यान्सरको उपचार गर्न ठूलो सम्भावना बोकेको दाबी गरेका छन्

नेचर इम्युनोलोजी नामक जर्नलमा प्रकाशित अध्ययनको नतिजाको आधारमा वैज्ञानिकले यो सुरुवाती चरणमा भएपनि निकै उत्साहजनक देखिएको दाबी गरेका छन्।

हाम्रो शरीरको प्रतिरक्षा प्रणालीले रोगहरू लाग्न नदिन पर्खालको काम गर्छ।

वैज्ञानिकहरू ट्युमरविरुद्ध प्रतिरक्षा प्रणालीको प्राकृतिक आक्रमण गराउन परम्परागत ढाँचाभन्दा फरक र यसअघि पत्ता नलागेका विधिको खोजीमा थिए।

उनीहरूले मानिसको रगतभित्र टीसेल नामक कोष फेला पारे। त्यो प्रतिरक्षा प्रणाली सक्रिय पार्ने कोष हो, जसले शरीरभित्र कुनै खतरा छ भन्ने थाहा पाउने गर्छ।

त्यसले शरीरमा क्यान्सर फैलाउन सक्ने कोषहरूलाई पनि आक्रमण गर्छ।

अनुसन्धानकर्ता प्राध्यापक एन्ड्रु सेवेलले अब सबैखाले क्यान्सरका बिरामीलाई उपचार गर्न सकिने दाबी गरे।

क्यान्सर भएको बिरामीबाट रगतको नमुना लिएपछि त्यसलाई आनुवंशिक रूपमा बदल्नु पर्छ र त्यसले क्यान्सर पत्ता लगाउँछ।

त्यसपछि प्रयोगशालामा त्यस्ता कोषहरू धेरै परिमाणमा उत्पादन गरेर बिरामीको शरीरभित्र पठाउनु पर्छ।

अहिलेसम्म त्यो अनुसन्धान जनावरहरूमा मात्र गरिएको छ। त्यसलाई मानवमा परीक्षण गर्नु अघिका सुरक्षा जाँच हुन बाँकी नै छ।

अझै धेरै अध्ययन गर्न बाँकी भएपनि वैज्ञानिकहरूले यो नयाँ प्रयोगबाट सबैखाले क्यान्सर निको पार्न सकिने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad