राजनीति


सभामुख निर्वाचनका लागि उम्मेदवारी दर्ता आज

सभामुख निर्वाचनका लागि उम्मेदवारी दर्ता आज

नेपालखबर
माघ ७, २०७६ मंगलबार ४:३४,

प्रतिनिधिसभाको सभामुख चयनका लागि आज (मंगलबार) चुनावी प्रक्रिया प्रारम्भ गरिँदै छ।

तत्कालीन सभामुख कृष्णबहादुर महरा यौनकाण्डमा परेपछि रिक्त सभामुख पदका लागि आज उम्मेदवारी दर्ता हुन लागेको हो।

संसद् सचिवालयका अनुसार अहिले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म मनोनयन दर्ता गर्ने समयावधि तोकिएको छ।

आज मनोनयन दर्ता गरिएपछि आजै दिउँसो साढे २ बजे उम्मेदवारको नामावली सार्वजनिक गरिने संसद् सचिवालयले जानकारी दिएको छ।

त्यसपछि सभामुख चयनका लागि यही माघ १२ गते प्रतिनिधिसभामा चुनाव गर्ने कार्यतालिका छ।

तत्कालीन सभामुख कृष्णबहादुर महरालाई संसद् सचिवालयकै एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेपछि गत असोज १४ गते उनले पदबाट राजीनामा दिएका थिए। त्यस दिनदेखि सभामुख पद रिक्त छ।

यसैकारण अर्काे सभामुख चयनका लागि चुनावी प्रक्रिया अघि बढाइएकाे हाे। 

नेकपाले सभामुखमा स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाएको छ।

प्रमुख प्रतिपक्षी कांग्रेसले पनि आफ्ना तर्फबाट उम्मेदवार चयनका लागि छलफल गर्दै छ। 

त्यसका लागि उसकाे संसदीय दल कार्यसमिति बैठक बस्दैछ ।

बैठकले सभामुख र उपसभामुखमध्ये एक पद कांग्रेसलाई दिन नेकपा तयार भए मिलेर जाने नभए विपक्षीको गठबन्धन बनाएर अगाडि बढ्ने सम्बन्धमा निर्णय गर्ने  कांग्रेस नेताहरुले बताएका छन्। 

सभामुख निर्वाचन कार्यतालिका
माघ ७ गते (आज) :  प्रतिनिधिसभाको कुनै माननीय सदस्यले प्रतिनिधिसभाको कुनै माननीय सदस्यलाई सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गर्ने।
समय : बिहान ११ बजेदेखि २ बजेसम्म
स्थान : संघीय संसद भवन
निर्धारित समयभित्र दर्ता भएका उम्मेदवारीको सूचना दर्ता क्रम अनुसार सूची प्रकाशन गर्ने
समय : दिउँसो २:३०
स्थान : सूचना पाटी संघीय संसद भवन

माघ १२ गते : प्रतिनिधि सभा नियमावली,२०७५ को नियम ७ बमोजिम प्रतिनिधि सभाको बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनी प्रस्तावक सदस्यले प्रस्ताव गर्ने, समर्थक सदस्यले समर्थन गर्ने, उम्मेदवारीको सूचनामाथि सामूहिक रूपमा छलफल हुने र दर्ता क्रमानुसार उम्मेदवारीको प्रस्तावहरूलाई क्रमश: निर्णयार्थ प्रस्तुत गर्ने

समय : दिउँसो ३ बजे  
स्थान : प्रतिनिधि सभा कक्ष, संघीय संसद भवन

याे पनि : नेकपासँग उपसभामुख माग्दै कांग्रेस, हार्ने सभामुखमा उम्मेदवारी नदिने

           -उपसभामुख तुम्बाहाङ्फेले दिइन् राजीनामा (सम्बोधनसहित)

           -अग्नि सापकोटालाई सभामुख उम्मेदवार बनाउने नेकपा सचिवालयको निर्णय


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad