ग्लोबल


युक्रेनले रुसमा ड्रोन प्रहार गर्दा ७ जनाको मृत्यु, ४९ घाइते

युक्रेनले रुसमा ड्रोन प्रहार गर्दा ७ जनाको मृत्यु, ४९ घाइते

नेपालखबर
साउन २, २०८३ शनिबार २०:१८, काठमाडौँ

युक्रेनले रुसको सबैभन्दा ठुलो अनलाइन अनलाइन रिटेल कम्पनी वाइल्डबेरिजका दुई गोदाममा हमला गरेको रुसका अधिकारीहरूले शनिबार बताएका छन्। 

उनीहरूका अनुसार आक्रमणमा ७ जनाको मृत्यु भएको छ भने ४९ जना घाइते भएका छन्।

रुसको राजधानी मस्कोबाट लगभग ४७५ किलोमिटर दक्षिणपूर्वमा अवस्थित ताम्बोभ सहरमा रहेको गोदाममा आक्रमण गरिएको हो। जसमा ७ जनाको मृत्यु भएको हो भने २५ जना घाइते भएका छन्।

बाँकी २४ जना मस्कोको इलेक्ट्रोस्टलमा रहेको अर्को वाइल्डबेरीज गोदाममा घाइते भएका हुन्।

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भने, ‘आक्रमणले ड्रोन निर्माण गर्न र नेभिगेसन उपकरणमा प्रयोग हुने प्रतिबन्धित कम्पोनेन्ट आपूर्ति गर्न प्रयोग हुने प्रमुख रसद केन्द्रलाई निसाना बनाएको हो।’

जेलेन्स्कीले युक्रेनले आजोभ सागर, कालो सागर र रुसले कब्जा गरेको क्रिमियामा धेरै लक्ष्यमा पनि प्रहार गरेको बताएका छन्।

उनले यो हमला रुसले युक्रेनका सहर र नागरिक पूर्वाधारमा गरेको आक्रमणको जवाफ भएको उल्लेख गरेका छन्। 

रुसको ताम्बोभ क्षेत्रका गभर्नर येभगेनी पेर्भिशोभले ७ जना रात्रिकालीन कामदार घटनास्थलमै मारिएको बताएका छन्।

उनले २८ वटा ड्रोन खसालिएको दाबी पनि गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad