ad ad

ग्लोबल


अन्तरंग तस्बिर सार्वजनिक भएपछि भाजपा महिला नेताले आत्महत्या गरिन्, पुरुष नेता बर्खास्त

अन्तरंग तस्बिर सार्वजनिक भएपछि भाजपा महिला नेताले आत्महत्या गरिन्, पुरुष नेता बर्खास्त

नेपालखबर
साउन २८, २०८० आइतबार १२:२६, काठमाडौँ

भारतस्थित आसाममा भारतीय जनता पार्टी (भाजपा) की एक महिला नेतृले आत्महत्या गरेको प्रकरणमा नाम जोडिएपछि भाजपाकै एक पुरुष नेतालाई बर्खास्त गरिएको छ।

भाजपा किसान मोर्चाकी ती महिला नेताले शुक्रबार गुवाहाटीस्थित आफ्नै घरमा आत्महत्या गरेकी हुन्। प्रारम्भिक रिपोर्ट अनुसार उनले निद्रा लगाउने धेरैवटा चक्की खाएर आत्महत्या गरेकी हुन्।

भाजपा स्रोतका अनुसार आफ्नो अन्तरंग फोटो सार्वजनिक भएपछि ती महिला नेताले आत्महत्या गरेकी हुन्।

प्रहरी अनुसन्धानका क्रममा उनीसँग तिनै भाजपा नेताको तस्बिर भेटिएको थियो। यही आधारमा पार्टीले उनलाई बर्खास्त गरेको बीबीसी हिन्दीले जनाएको छ। तर समाचारमा दुवैको नाम गोप्य राखिएको छ। 

महिला नेताले आत्महत्या गर्नासाथ भाजपाका आसाम अध्यक्ष भावेश कलिताले ती पुरुष नेतालाई तत्काल बर्खास्त गर्न आदेश दिएका थिए। 

असम प्रहरीले उक्त काण्डमा अप्राकृतिक मृत्युको मुद्दा दर्ता गरिए पनि अहिलेसम्म कोही पक्राउ नपरेको जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .