ad ad

ग्लोबल


इरानमा महिलालाई सामूहिक बलात्कार गर्ने ५ जनालाई दिइयो फाँसी

इरानमा महिलालाई सामूहिक बलात्कार गर्ने ५ जनालाई दिइयो फाँसी

नेपालखबर
साउन २४, २०८० बुधबार १४:४, तेहरान

इरानको उत्तरपश्चिम क्षेत्रमा महिलालाई सामूहिक बलात्कार गरेको कसुरमा बुधबार पाँचजनालाई मृत्युदण्ड दिइएको इरानको न्यायपालिकाले जनाएको छ। 

‘मे २०२२ मा मारान्ड सहरमा एक महिलालाई अपहरण गरी बलात्कार गर्ने पाँच जनालाई मृत्युदण्ड दिइएको छ,’ न्यायपालिकाको मिजान अनलाइनले घोषणा गरेको छ। 

पूर्वी अजरबैजान प्रान्तमा भएको सामूहिक बलात्कारको चार दिनपछि पक्राउ परेका ती व्यक्ति अन्य अपराधमा पनि संलग्न रहेको मिजानले बताएको छ। 

गत महिना पनि इरानले नक्कली कस्मेटिक सर्जरी क्लिनिकमा उपचारको प्रलोभन देखाएर अर्धचेत अवस्थामा बलात्कार गरेको कसुरमा तीन जनालाई मृत्युदण्ड दिएको थियो।

उनीहरूलाई सन् २०२१ को अन्त्यतिर दक्षिणी प्रान्त होर्मोज्गानमा यौन दुव्र्यवहारका थुप्रै घटनामा सहभागी रहेको अभियोगमा दोषी ठहर गरिएको मिजानले जनाएको छ। 

मानव अधिकारवादी समूह एम्नेस्टी इन्टरनेसनलका अनुसार इरानले एकाधबाहेक अन्य मुलुकको तुलनामा बढी मानिसलाई मृत्युदण्ड दिने गरेको छ। इरानमा गत वर्ष कम्तीमा ५८२ जनालाई फाँसी दिइएको थियो। 

एम्नेस्टीका अनुसार इरानका अधिकारीहरूले ‘सबै अपराधका लागि मृत्युदण्डको सङ्ख्या’मा उल्लेखनीय वृद्धि गरेका छन् र सन् २०२३ मा अहिलेसम्म कम्तीमा २८२ जनालाई मृत्युदण्ड दिइएको छ।

यो सङ्ख्या गत वर्षको जुन महिनाको सुरुमा मृत्युदण्ड दिइएकाहरूको सङ्ख्याभन्दा झन्डै दोब्बर हो। एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .