स्थानीय कुकी र मैतेई समुदायबीचको द्वन्द्वले भारतको मणिपुरमा ३ महिनादेखि हिंसा जारी छ।
उक्त हिंसामा अहिलेसम्म १५० जनाभन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ। हालै मे महिनामा मणिपुरको एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो। जसमा पुरुषको भीडले दुई महिलालाई निर्वस्त्र पारी यौन उत्पीडन गरिएको देखिन्छ।
यो भिडिओ सार्वजनिक भएपछि मणिपुरमा महिलाको अवस्थाबारे चर्चा बढेको छ।
मणिपुरमा कुकी र मैतेई समुदायबीच झगडा परिरहेका बेला त्यहाँबाट सयौँ किलोमिटर टाढा दिल्लीमा भने यिनै दुई समुदायका दुई केटी आपसमा मायाप्रेमका साथ काम गरिरहेका छन्।
बीबीसी हिन्दीका संवाददाता नितिन श्रीवास्तवले दिल्ली एयरपोर्टमा एकै एयरलाइन्स कम्पनीमा कार्यरत यी दुई एयर होस्टेसलाई भेटेका हुन्।
Manipur remains tense over ethnic issues BUT these 2 young girls, Lotzem from Kanggoi- a Kuki (standing), and Laishram from Imphal- a Meitei (sitting) still work in harmony and friendship at the Delhi airport, daily.
“We wish all violence happening in Manipur vanishes soon” pic.twitter.com/HwbKQVqwKe — Nitin Srivastava🪁 (@TweetNitinS) August 3, 2023
यी दुवै एयर होस्टेस मणिपुरका बासिन्दा हुन्। एकजना कुकी समुदायकी हुन् भने अर्की मैतेई समुदायकी।
तस्बिरमा उभिएकी लोटजेम कुकी समुदायकी हुन् भने बसेकी लैशराम मैतेई समुदायकी।
उनीहरू दुवैले बीबीसी हिन्दीसँग भनेका छन्, ‘मणिपुरमा कुकी र मैतेई समुदाय सधैँ मिलेर बसेका छन्। हामी आशा गर्छौं– मणिपुरमा जारी हिंसा चाँडै अन्त्य हुनेछ।’
- मणिपुर हिंसा : सार्वजनिक स्थलमा निर्वस्त्र पारी बलात्कार गरिएका महिला पुगे सर्वाेच्च अदालत
- मणिपुरमा महिलालाई निर्वस्त्र घुमाइएको घटना अब सीबीआईले अनुसन्धान गर्ने
- मणिपुरमा महिलालाई निर्वस्त्र घुमाउने घटनाका मुख्य अभियुक्तको घरमा महिलाले लगाए आगो
- मणिपुरमा महिलालाई निर्वस्त्र गाउँ घुमाई बलात्कार गरिएको भिडिओप्रति साक्षी मलिकको कडा टिप्पणी
Shares

प्रतिक्रिया