ओलम्पिकजस्ता अन्तर्राष्ट्रिय प्रतियोगितामा धेरै पदक जितेकी महिला रेस्लर साक्षी मलिकले मणिपुरमा महिलालाई निर्वस्त्र घुमाई बलात्कार गरिएको भिडिओबारे कडा टिप्पणी गरेकी छन्।
उनले आफ्नो ट्विटर एकाउन्टमा लेखेकी छन्, ‘जबदेखि मैले मणिपुरको हृदयविदारक भिडिओ देखेँ, त्यसबेलादेखि त्यो मेरा आँखामा घुमिरहन्छ।’
‘नारीको इज्जतमा खेलवाड गर्ने यी दानवहरूलाई कडा भन्दा कडा सजाय दिनुपर्छ।...’
साक्षी मलिकले विनेश फोगाट र बजरंग पुनियालगायत धेरै पहलवानसँग दिल्लीको जन्तर मन्तरमा एक महिनाभन्दा बढी विरोध प्रदर्शन गरेकी थिइन्।
यी खेलाडीहरूले भाजपा सांसद बृजभूषण शरण सिंहलाई यौन उत्पीडनको मामिलामा जतिसक्दो चाँडो पक्राउ गर्न माग गरेका छन्।
348
Shares

प्रतिक्रिया